विमान दुर्घटनामा छोरो गुमाएका सुमित्रादेवी र रामनारायण

रातभरि रुँदारुँदा लुगामा अाँसुको टाटो नै बसिसक्यो

रातभरि रुँदारुँदा लुगामा अाँसुको टाटो नै बसिसक्यो
छोराको शव पर्खिरहेका सर्लाहीका रामनारायण र सुमित्रादेवी यादव । उनीहरुका छोरा अवधेशको सोमाबार भएको विमान दुर्घटनामा ज्यान गएको थियो । तस्बिर : बर्षा शाह/देश सञ्चार
+
-

काठमाडौँ– अनिश्चित पनि यहाँसम्म कि बुवाआमाको नजिकै आइपुगेर पनि उनले उनीहरुलाई देख्न पाएनन्। सर्लाहीदेखि छोरोलाई लिन आएका बुवाआमाले पनि उनलाई अब निर्जीव अवस्थामा मात्र देख्न पाउनेछन्।

भर्खर २१ वर्षका भएका थिए अवधेशकुमार यादव। घरको आर्थिक अवस्था कमजोर। गाउँमा काम पाइएन। रोजे परदेश, कतार।

चार महिनाअघि उनी कतार गए। आफ्नै घरगाउँमा त भनेको जस्तो हुँदैन। उनलाई कतारमा पनि भनेको जस्तो भएन।

दुःख गर्न तयार थिए, तर न भनेजस्तो काम पाइयो, न कमाइ नै त्यसअनुसारको। चार महिना दुःख गरेरै बिताएका अवधेशले कतार बस्न सक्ने अवस्था रहेन। उनी आफ्नै गाउँ फर्किन चाहन्थे।

त्यही अनुसार उनी सोमबार नेपाल आउँदै थिए। कतारबाट उनको ट्रान्जिट परेको थियो, बंगलादेशको ढाका। त्यहाँबाट उनी युएस–बंगलाको विमान चढेर काठमाडौंतिर आए।

मलाई लिन आउनु है भन्थ्यो, देख्नै पाइएन

अवधेशले बुवा रामनारायण र आमा सुमित्रादेवीलाई आफूलाई लिनका लागि विमानस्थलमै आउन भनेका थिए।

‘म दिउँसो २ बजे आइपुग्छु। दुवैजना मलाई लिन विमानस्थल आउनु है।’ काठमाडौंको महाराजगञ्जमा छोराको शव पर्खिरहेका कविलासी नगरपालिका–३ का रामनारायणले भक्कानिन रोकिने बल गर्दै भने, ‘खोइ अहिलेसम्म छोरा त के उसको शव पनि देख्न पाएनौँ। न उसले हामीलाई देख्यो न हामीले।’

चार महिनाअघि कतार गएका अवधेश परदेश हिँड्ने बेला बुवा बनेका थिए। घर छोड्ने बेला जन्मेकी उनकी छोरी चार महिनाकी मात्रै भइन्।

अवधेशका बुवाआमालाई काठमाडौंबाट सर्लाहीसम्म जाँदा नातिनीका किस्सा सुनाउने रहर थियो।

छोराको दुःखको कथा बेलिबिस्तारमा सुन्ने मन पनि। तर त्यो पूरा हुन पाएन।

पर्खेको पर्ख्यै भयौँ

रामनारायण र सुमित्रादेवी छोरो आइभ्याउला हामी नपुगौँला भन्ने डरले सोमबार बिहानै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए।

‘भन्न त छोराले २ बजेको फ्लाइट हो भन्थ्यो। तर हामी बिहानै आएका थियौँ,’ रामनारायणले भने, ‘तर दुई बज्यो, जहाज आएको पनि चाल पायौँ। तर छोरो आएन। घटना भएको पनि थाहा पाएनौँ।’

उनीहरुलाई दुर्घटना भएको र आफ्नै छोरा चढेको विमान त्यही रहेको अनि त्यो भन्दा पनि भयानक कुरा त्यसमा आफूले पर्खिरहेको जवान छोराको प्राण पखेरु उडेको तब मात्रै चाल भयो जब प्रहरीले घटनामा मृतकको नाम सुनायो।

‘बिहानदेखि पर्खिँदा दिउँसोसम्मको समय नै लामो लागेको थियो। तर अब त यो जिन्दगीभर पर्खिनु पर्ने भयो र पनि भेट नहुने।’

छोरो लिन आएका रामनारायण र सुमित्रादेवी अहिले त्रिवि शिक्षण अस्पतालको पेटीमा छोराको शवको अवशेष पर्खिरहेका छन्।

रामनारायणले काँधमा राखेको सेतोमा निलो चेकवाला गम्छा अनि सुमित्रादेवीको हरियो सारीको फेरमा आँसुले टाटो परेको छ। अनुहारमा झर्दै अनि सुक्दै गरेको आँसुको ढिक्का छ।

यो पनि पढ्नुहोस्

नेपालमा विमान दुर्घटनाको इतिहास : दुर्घटना पटकपटक, पत्ता लाग्दैन कारण

नेपालमा विमान दुर्घटनाको इतिहास : दुर्घटना पटकपटक, पत्ता लाग्दैन कारण

‘मलाई बचाए तर मेरा साथी जलेर ममाथि नै ढले’

‘मलाई बचाए तर मेरा साथी जलेर ममाथि नै ढले’

११ नेपाली र ११ बंगलादेशी यात्रुको उपचार हुँदै, अन्य ४९ को निधन

११ नेपाली र ११ बंगलादेशी यात्रुको उपचार हुँदै, अन्य ४९ को निधन

जब जिउँदै जलेका शवहरु विमानबाट निकालिँदै थिए.‍‍.. (१४ तस्बिर)

जब जिउँदै जलेका शवहरु विमानबाट निकालिँदै थिए.‍‍.. (१४ तस्बिर)

३३ नेपालीसहित विमानका ७१ यात्रुको नामावली

३३ नेपालीसहित विमानका ७१ यात्रुको नामावली

केही यात्रुका शव केएमसीमा, केही नेपाली विद्यार्थी पनि परेको आशंका

केही यात्रुका शव केएमसीमा, केही नेपाली विद्यार्थी पनि परेको आशंका

विमान दुर्घटनामा ४९ यात्रुको ज्यान गयो, २२ को उपचार हुँदै

विमान दुर्घटनामा ४९ यात्रुको ज्यान गयो, २२ को उपचार हुँदै

टावरले ‘एनी प्रोब्लेम’ भनेर सोध्दा पाइलटले ‘नो’ भनेका थिए

टावरले ‘एनी प्रोब्लेम’ भनेर सोध्दा पाइलटले ‘नो’ भनेका थिए

केएमसीमा राखिएका ६ शवको सनाखत

केएमसीमा राखिएका ६ शवको सनाखत

घटनास्थल पुगेका प्रधानमन्त्रीले भने, छानबिन आयोग बनाउँछौँ

घटनास्थल पुगेका प्रधानमन्त्रीले भने, छानबिन आयोग बनाउँछौँ

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?