घटनास्थल पुगेका प्रधानमन्त्रीले भने, छानबिन आयोग बनाउँछौँ

घटनास्थल पुगेका प्रधानमन्त्रीले भने, छानबिन आयोग बनाउँछौँ
+
-

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ‌ओलीले बांग्ला विमान दुर्घटनाको कारणबारे छानबिन आयोग गठन गर्ने बताएका छन्।

विमान दुर्घटनाको केहीबेरमा विमानस्थल पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले दुर्घटनामा ठूलो संख्यामा हताहत भएको र गम्भीर घाइते भएको भन्दै दुर्घटनाका नेपालीलगायत विदेशी सबै यात्रुहरुप्रति दु:खसमेत व्यक्त गरेका छन्। ‘निकै ठूलो दुखद घटना भएको छ। ठूलो संख्यामा यात्रुहरु परेका छन्। घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना। मृतकप्रति श्रद्धाञ्जली तथा उहाँका परिवारजनमा समवेदना,’ प्रधानमन्त्री ओलीले भने, ‘सरकारका तर्फबाट यो के कारणले दुर्घटना भयो भनेर आयोग गठन गरेर छानविन गरिनेछ। तत्काल उपचार गरिनेछ। तत्काल गरिने थप काम गरिनेछ।’

केएमसीमा राखेका शवमध्ये दुई चालक दल सदस्य

दुर्घटनामा परेका घाइतेहरु सबैको सरकारले उपचार गर्ने प्रधानमन्त्री ओलीले बताए।

प्रधानमन्त्री ओलीले तत्काल उद्धारमा घटिने सेना, प्रहरी, कर्मचारीको प्रशंसा गरे। ‘तत्कालीन अवस्थामा उद्धारका लागि नेपाली सेनाको तत्परता प्रसंसनीय छ। उद्धारमा खटिएका नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी, अग्नी नियन्त्रक, विमानस्थल कर्मचारीहरुको तदारुकता, एम्बुलेन्सको तदारुकता। यी सबैले प्रसंशायोग्य काम गरेका छन्,’ उनले भने।

सम्बन्धित समाचार 

केएमसीमा राखिएका ६ शवको सनाखत

 

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?