३० हजार किसान हिँडेर पुगे मुम्बई, विधानसभा अगाडि प्रदर्शन

३० हजार किसान हिँडेर पुगे मुम्बई, विधानसभा अगाडि प्रदर्शन
६ दिन हिँडेर नासिकबाट मुम्बई पुगेका किसान । तस्बिर : इपिए
+
-

भारतको मुम्बईमा किसानले प्रदर्शन गरेका छन् । ३० हजार भन्दा बढी किसान नासिकबाट हिँडेर मुम्बई पुगेका हुन् ।

मुआब्जा तथा कर माफीको माग गर्दै अखिल भारतीय किसान सभाको नेतृत्वमा प्रदर्शन भएको हो । किसानले सोमबार मुम्बईमा विधानसभाको बाहिर प्रदर्शन गर्ने तयारी छ ।

सरकारले व्यवसायीको हितमा काम गरेर किसानलाई वेवास्ता गरेको उनीहरुको आरोप छ । महाराष्ट्र सरकार किसानलाई संरक्षण गर्न असफल भएको भन्दै प्रदर्शन सुरु भएको हो ।

सन् २०१४ पछि किसानको अवस्था निकै खराब बन्दै गएको विश्लेषकले बताउएका छन् ।

सरकारले किसानलाई ऋण माफी दिनु पर्नेमा त्यो नगर्दा आफूहरु समस्या परेको प्रदर्शनमा सहभागी किसानले बताएका छन् ।

प्रदर्शनमा सहभागी हुनेमा महिला पनि छन् । तस्बिर : बिबिसी मराठी

महाराष्ट्र सरकारले आफू वार्ताका लागि तयार रहेको तर त्यसका लागि आन्दोलन रोकिनु पर्ने बताएको छ । किसान ६ दिनअघि नासिकबाट हिँडेर सोमबार सबेरै मुम्बई पुगेका हुन् ।

किसानले आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने र विधानसभा बाहिर धर्ना दिने बताएका छन् । यस्तै आदीबासी किसानको संरक्षण गर्नु पर्नेमा पनि उनीहरुले जोड दिएका छन् ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?