पर्यटन प्रवर्द्धन गर्न वैशाखमा रारा–कर्णाली महोत्सव

पर्यटन प्रवर्द्धन गर्न वैशाखमा रारा–कर्णाली महोत्सव
+
-

वीरेन्द्रनगर– कर्णाली प्रदेशमा रहेका पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्न प्रदेश सरकारले आउँदो वैशाखमा रारा–कर्णाली महोत्सव आयोजना गर्ने भएको छ। मन्त्रिपरिषद बैठकले आउँदो वैशाख १ गतेदेखि रारा–कर्णाली महोत्सव आयोजना गर्ने निर्णय गरेको हो।

पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको कर्णाली प्रदेश सरकारले जनाएको छ। महोत्सवलाई व्यवस्थापन गर्न मन्त्रिपरिषद् बैठकले विभिन्न ६ वटा समितिहरू पनि गठन गरेको छ।

आउँदो वर्षलाई पर्यटन वर्षको रूपमा मनाउन लागिएको र यसका लागि रारा महोत्सव सम्पन्न गर्न मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको संयोजकत्वमा १५ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ।

महोत्सव सञ्चालनका लागि आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाको संंयोजकत्वमा आर्थिक व्यवस्थापन समिति, कानुन मन्त्री नरेश भण्डारीको सांयोजकत्वमा आवास तथा सुरक्षा समिति, सामाजिक विकास मन्त्री दल रावलको संयोजकत्वमा स्वास्थ्य तथा प्रचार समिति, र सहकारी मन्त्री विमला केसीको संयोजकत्वमा खाद्य तथा कोशेली व्यवस्थापन समिति गठन भएका छन्।

कर्णाली क्षेत्रका उत्कृष्ट पर्यटकीय क्षेत्रको प्रचार–प्रसार गर्न महोत्सवको आयोजना गरिएको हो। महोत्सव सञ्चालन भएसँगै रारालगायतका पर्यटकीय क्षेत्रमा अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटकहरू बढ्ने अपेक्षा गरिएको छ। रारासम्म पुग्नका लागि सडक सञ्जालको मर्मत तथा व्यवस्थापन गर्न भौतिक पूर्वाधार मन्त्रालयले काम थाल्ने प्रवक्ता केसीले बताइन्।

उनले कच्ची सडकलाई तत्काल यातायात सञ्चालन गर्ने गरी काम थालिने बताइन्। महोत्सवको उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा वली आउने उनले बताइन् । महोत्सव एक वर्षसम्म सञ्चालन गर्ने र पर्यटकहरु भित्र्याउने लक्ष्य प्रदेश सरकारले राखेको छ ।

कर्णाली प्रदेशमा मुगुको रारा ताल, सुर्खेतको काँक्रेविहार, देउती बज्यै, दैलेखको पादुका, नाविस्थान, श्रीस्थान, कोटिला, पञ्चदेवल, जुम्लाको चन्दनाथको मन्दिर, कालिकोटको पातल झर्ना, डोल्पाको से–फोक्सुन्डो ताल, महावु लेकलगायतका थुप्रै पर्यटकीय क्षेत्र रहेका छन्।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?