इच्छाविपरीत गर्भले प्रजनन स्वास्थ्य खस्कियो

+
-

जनकपुरधाम- प्रदेश दुईको प्रजनन स्वास्थ्यको अवस्था देशभरिमै सबैभन्दा दयनीय स्थितिमा रहेको एक तथ्यांकले देखाएको छ।

संयुक्त राष्ट्र संघीय जनसंख्या कोषले जनकपुरमा आयोजना गरेको एक कार्यक्रममा प्रदेश दुईमा प्रजनन स्वास्थ्यको अवस्था दयनीय रहेको तथ्यांक सार्वजनिक गरेको हो।

प्रजनन स्वास्थ्य, किशोर किशोरी तथा युवा, लैङ्गिकता र जनसंख्या तथा दिगो विकास विषयक छलफल कार्यक्रममा वक्ताहरुले इच्छा विपरीत गर्भधारण गर्नुपर्ने बाध्यताका कारण प्रजनन स्वास्थ्य खस्कँदै गएकोप्रति चिन्ता व्यक्त गरेका छन्।

नेपालभरि नै प्रजनन स्वास्थ्य खराब रहेको भन्दै सरकारले यस क्षेत्रमा लगानी गर्नुपर्ने माग कार्यक्रममा गरिएको छ।

संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष युएनएफपीएकी लुब्ना बाकीले नेपालमा परिवार नियोजनको क्षेत्रमा सरकारले ७ प्रतिशत बजेट छुट्याउँदै आए पनि लगानी भने हुन नसकेको बताएकी छिन्।

उनले नेपालमा परिवार नियोजन सहित प्रजनन स्वास्थ्य सुनिश्चित गर्ने दिशामा खासै केही पहल नगरिएकोप्रति आक्रोश पोखिन्।

युएनएफपीएका अनुसार प्रदेश दुईमा दक्ष स्वास्थ्यकर्मीसम्मको पहुँचको अभावमा आधाभन्दा बढी शिशुहरुको मृत्यु हुने गरेको छ।

किशोरी शिक्षामा जोड दिन सके मात्रै यो भयावह स्थितिमा परिवर्तन आउने कार्यक्रममा जोड दिइएको छ।

कार्यक्रममा युएनएफपीएले प्रदेशका प्रदेश सांसदहरुलाई किशोरीहरुको २० वर्षपछि विवाह गराउने गरी ठोस नीति ल्याउन आग्रह समेत गरेको छ।

कार्यक्रममा प्रदेश सभासदस्यहरुले महिला हिंसा, लैंगिक विभेद, प्रजनन स्वास्थ्य लगायतका क्षेत्रलाई सुदृढ बनाउन प्रदेशमा ठोस निति ल्याइने प्रतिबद्धता व्यक्त गरेका छन्।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?