राप्तीमा गोही छाडिँदै

राप्तीमा गोही छाडिँदै
फाइल फोटो
+
-

चितवन – संकटापन्न घडियाल गोही संरक्षणका लागि नदीमा आश्रित समुदायको रोहवरमा हुर्काइएका गोही नदीमा छाड्न थालिएको छ ।

चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको घडियाल प्रजनन केन्द्रमा हुर्काइएका गोही हरेक वर्ष विभिन्न दिवस र अन्य समय मिलाएर नदीमा छाडिँंदै आएको छ । बिहीबारदेखि तीन दिनसम्म लगातार दैनिक २४ वटाका दरले कसरा नजिकै राप्तीमा गोही छाड्न थालिएको छ ।

कुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काका अनुसार बिहीबार पहिलो दिन मेघौली क्षेत्रका बोटे, मुसहर र माझी समुदायका व्यक्तिको रोहवरमा गोही छाडिएको हो । केही दिनअघि सौराहा, पटिहानी र जगतपुर क्षेत्रका तीनै जातिको रोहवरमा ४८ गोही कसराबाटै छाडिएको थियो ।

शुक्रबार र शनिबार पनि तीनै जातिका विभिन्न ठाउँमा बसोबास गर्ने मानिसको रोहवरमा गोही छाडिँदैछ । मध्यवर्ती क्षेत्रको नदी आसपासमा माझी, बोटे, मुसहर जस्ता नदीमा आश्रित जातिको जनसंख्या झण्डै ३० हजार छ ।

गत वर्ष जेठमा नवलपरासीको अमलटारी क्षेत्रको शेरीमा ठूलो जालमा परेर एउटा भाले गोही मरेको थियो भने चार पोथी गोहीलाई उद्धार गरिएको थियो । ती समुदायले खानामा गोही प्रयोग नगरे पनि तिनले अवैध रुपमा प्रयोग गर्ने महाजालमा गोही अड्किएर मर्ने गरेका छन् ।

खड्काका अनुसार निकुञ्ज हुँदै बग्ने नदी आसपास बस्ने तीन सय जनासँग माछा मार्न अनुमतिपत्र रहेको र तिनले हाते जाल मात्र प्रयोग गर्न पाउने भए पनि उनीहरू र अनुमतिपत्र नभएका अन्यले लुकिछिपी महाजाल प्रयोग गरिदिँदा गोही र माछा मर्ने हुँदा जलचरका आहारामा कमी आउने जस्ता समस्या देखिएका छन् ।

पछिल्लो गणनानुसार राप्ती र नारायणीमा १६६ गोही फेला परेका थिए । सन् २०१७ सम्म राप्तीमा ५६६ र नारायणीमा ३९९ गोही छाडिइसकिएको छ । यस वर्ष ७२ गोही छाडिएको छ भने ४८ वटा छाड्ने तयारी गरिएको छ ।

विसं २०४९ देखि नदीमा गोही छाड्न थालिएको हो । निकुञ्ज स्थापनासँगै कसरामा घडियाल प्रजनन केन्द्र स्थापना गरेर नदीका बगरबाट अण्डा संकलन गरी प्रजनन केन्द्रमा बच्चा कोरल्ने र हुर्काउने गरिंँदै आएको छ ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?