उदहारणीय बन्दै हात्तीलेट, बन्यो बालविवाहमुक्त गाउँ

उदहारणीय बन्दै हात्तीलेट, बन्यो बालविवाहमुक्त गाउँ
सांकेतिक तस्बिर।
+
-

महोत्तरी – महोत्तरीको बर्दिबास नगरपालिका–८ हात्तीलेट बालविवाहमुक्त गाउँ बनेको छ । अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर हात्तीलेटलाई बिहीबार एक विशेष कार्यक्रमका बिच बालविवाहमुक्त वडा घोषणा गरिएको हो ।

साबिकको हात्तीलेट गाविस रहेको बर्दिबास नगरपालिका–८ मा पछिल्लो समय विभिन्न सरकारवाला निकायले चलाएको अभियानका कारण बालविवाहमा कमी आएकाले यस क्षेत्रलाई बालविवाहमुक्त क्षेत्र घोषणा गरिएको बर्दिबास नगरपालिका मेयर विदुर कार्की र वडा नम्बर ८ का अध्यक्ष शम्शेरसिंह लामाले जानकारी दिए ।

प्रतिनिधिसभा सदस्य तथा पूर्व स्वास्थ्य तथा जनसंख्यामन्त्री गिरीराजमणि पोखरेलले विशेष कार्यक्रमका बिच हात्तीलेटलाई बालविवाहमुक्त क्षेत्र घोषणा गरेका हुन् ।

बर्दिबासमा रहेर महिला सशक्तिकरण तथा लैंगिक आधारमा हुने हिंसा विरुद्ध काम गर्दै आएको महिला साँस्कृतिक उत्थान केन्द्र तथा साथी संस्थाको आस्था कार्यक्रम अन्तर्गत हात्तिलेटमा बालविवाहसहितका महिलाको प्रगतिमा रहँदै आएका बाधा हटाउने प्रयास हुँदै आएको छ ।

यो प्रयासमा बर्दिबास नगरपालिका र स्थानीय बासिन्दाले साथ दिँदै आएका छन् । एकीकृत प्रयासको फलस्वरुप वडा नम्बर ८ लाई बालविवाहमुक्त बनाउन सकिएको स्थानीय प्रशासनले जनाएको छ ।

उदहारण बन्दै हात्तीलेट

हात्तीलेटलाई बालविवाहमुक्त गाउँ घोषणा गर्दै पूर्व मन्त्री तथा प्रतिनिधिसभा सदस्य गिरीराजमणि पोखरलले सानै उमेरमा हुने विवाह एउटा गाउँ, नगर क्षेत्र वा देशको मात्रै समस्या नभइ विश्वव्यापी समस्या रहेको बताए ।

तर हात्तीलेटका बासिन्दाले आफ्नो अगुवाईमा गाउँलाई बालविवाहमुक्त बनाएर राष्ट्रिय मात्रै नभएर अन्तर्राष्ट्रिय स्तरमा पनि आफूलाई उदहारणको रुपमा प्रस्तुत गरेको बताए ।

उनले भने, ‘बालविवाह मानव समुदायमा रहेको अमानवीय समस्या हो । यो गाउँको मात्रै नभएर विश्वकै समस्या रहेको तर यस विरुद्धको अभियानको सुरुवात हात्तीलेट जस्तै गाउँबाट सुरु हुन्छ । जहाँका बासिन्दा र अगुवामा आफूलाई उदहारण बनाउने क्षमता देखियो ।’

वडालाई मात्रै नभएर अब समग्र र नगरपालिका, जिल्ला अनि देशलाई नै यसबाट मुक्त बनाउनु पर्नेमा जोड दिँदै पोखरेलले यसको प्रभावकारी सुरुवात हात्तीलेटबाट भएको बताए ।

बालविवाहमुक्त क्षेत्र घोषणा गरेर मात्रै नहुने त्यसको प्रभावकारी कार्यान्वयन र अनुगमन हुनु पर्नेमा जोड दिँदै पोखरेलले यसको जिम्मा स्थानीय तहलको भएकाले सजग हुन सम्बन्धित सबैलाई निर्देशन समेत दिए ।

यसलाई प्रभावकारी बनाउनका लागि किशोर किशोरीको शिक्षा, सीप तथा रोजगारीको अवस्था सुधारका लागि काम सबै मिलेर काम गर्न पनि उनले आग्रह गरेका छन् ।

गाउँमात्रै नभएर नगरपालिकालाई नै नमुना बनाउने योजना

कार्यक्रममा बर्दिबास नगरपालिकाका मेयर विदुर कार्कीले हात्तीलेटबाट गति लिएको बालविवाहमुक्त गाउँ बनाउने अभियान पूरै नगरपालिकालाई बालविवाहमुक्त बनाएर मात्रै पूरा हुने बताए । त्यसका लागि नगरपालिका प्रतिबद्ध रहेको उनको भनाई छ ।

उनले भने, ‘अबको दुई वर्ष भित्र पूरै नरपालिकालाई बालविवाह तथा बालश्रममुक्त बनाउने योजना छ । हामी त्यस अनुसार यस क्षेत्रमा कार्यरत सबै पक्षसँग मिलेर अघि बढ्ने छौँ ।’

उनले नगरपालिकालाई बालमैत्री बनाउने पनि प्रतिबद्धता जनाए । यसका लागि महिला तथा बालबालिकाको अधिकारको क्षेत्रमा कार्यरत संघसंस्था, स्थानीय बासिन्दा तथा प्रशासन र सबै पक्षसँग सहकार्यमा सचेतनामुलक कार्यक्रमलाई निरन्तरता दिइने उनले बताए ।

केही वर्षअघिसम्म हात्तिलेटमा ४० प्रतिशतको हाराहारीमा बालविवाह रहेको क्षेत्रमा अहिले त्यो घटेर ८ प्रतिशत मात्रै रहेको अध्ययनले देखाएको र अब वडा नम्बर ८ मात्रै नभएर बाँकी वडामा पनि अभियानलाई तीव्र बनाउने उनको भनाई छ ।

१४ वटा वडा रहेको बर्दिबासमा अलिहेसम्म तीनवटा वडा बालविवाहमुक्त क्षेत्र घोषणा भएका छन् । यसअघि गएको जेठमा वडा नम्बर १० र ११ बालविवाहमुक्त क्षेत्र घोषणा भएको थियो ।

नेपालको संविधान २०७२ ले बालविवाह गर्न र गराउन नपाइने, त्यस्तो कार्य कानूनी रुपमा दण्डनीय र पीडितलाई कानून बमोजिम क्षतिपूर्ति पाउने गरी बाल विवाह विरुद्धको अधिकारलाई मौलिक हकको रुपमा व्यवस्था गरेकाले पनि आफूहरु गाउँलाई बालविवाहमुक्त बनाउने अभियानमा जुटेको र त्यसमा केही हदसम्म सफलता पाउँदा खुशी रहेको स्थानीय अधिकारकर्मी तथा महिला साँस्कृतिक उत्थान केन्द्रकी शारदा दाहालको भनाई छ ।

बालिका शिक्षा, बालविवाह विरुद्धका विभिन्न अभियान, महिला तथा पुरुषलाई समूह बनाएर यो अभियनमा जुटाएकाले छोटो अवधिमै बालविवाह रोक्ने पक्षमा राम्रो उपलब्धी हात पार्न सफल भएको अधिकारकर्मी तथा आस्था कार्यक्रमका संयोजक इमान सुनारले बताए ।

हात्तीलेटका स्थानीय संघ संस्था बालक्लब, महिला समूह, आमा समूह, स्थानीय राजनीतिक दल, विद्यालय र महिला संजाल तथा स्थानीय बासिन्दाको संयुक्त प्रयासबाट बालविवाह कम गर्न सकिएको उनको भनाई छ ।

बालविवाहमुक्त क्षेत्र घोषणा भइसकेपछि त्यसलाई निरन्तरता दिन र कार्यान्वयनको अनुगमनका लागि सबै पक्ष समेटिको समिति बनाउने निर्णय पनि भएको वडाध्यक्ष शम्शेरसिंह लामाले बताएका छन् ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?