महानगरपालिकाका भित्री भागमा आगलागीको जोखिम

+
-

ललितपुर – महानगरपालिकाका भित्री भागका धेरै टोल आगलागीको जोखिममा छन् । नगरका भित्री भागमा दमकल जान सक्ने बाटो छैन । चैत–वैशाखमा आगलागीका घटना बढी हुने गरेको छ ।

गाडी जाने ठाउँसम्म दकमल लगेर त्यहाँबाट उता पाइप तानी लानुपर्ने नगर प्रहरी प्रमुख कदमलाल महर्जनले बताए । उनले भने, “जति नजिकबाट हान्यो त्यति तीव्र गतिमा पानी लाग्छ ।”

बाटाबाट टाढा हुँदा पाइप मिलाएर घटनास्थलसम्म पुग्न समय लाग्ने हुन्छ । घरको माथिबाट पाइप व्यवस्थित गरेर लैजाँदासम्म धेरै क्षति भइसक्ने प्रमुख महर्जन बताउँछन् । उनी भन्छन्, “दमकल समयमा पुगे पनि सडक नजिकका घरभन्दा टाढाका घरमा बढी क्षति हुन्छ ।”

टोल टोलमा पानीे ट्यांकीमा पानी जम्मा गरेर राख्ने र फायर मेसिन राख्न सके जोखिम कम गर्न सकिने उनी बताउँछन् । केही वर्ष पहिले नागबहालमा जापानी संस्थाको सहयोगमा ट्यांकीको निर्माण र स्थानीय बासिन्दालाई तालिम दिइएको थियो ।

उनी भन्छन्, “हिउँदमा जहिलेसुकै जोखिम भएकाले हामी आफैंँले यस्तो तयारी गर्न सके क्षति कम गर्न सकिन्छ ।” नगरका अधिकांश ठाउँमा चोकको भित्र परम्परागत रुपमा वस्ती बसेकाले धेरै घर सडकभन्दा टाढा छन् ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?