आयो मुक्तक संग्रह ‘गुराँसहरु पलाँसहरु’

आयो मुक्तक संग्रह ‘गुराँसहरु पलाँसहरु’
+
-

काठमाडौं – मुक्तक संग्रह ‘गुराँसहरु पलाँसहरु’ बजारमा आएको छ । सुशील चालिसेको मुक्तक संग्रह गएको शनिबार काठमाडौंमा लोकार्पण गरिएको हो ।

प्रमुख अतिथि साहित्य, कला संस्कृतिविद् एवं मुक्तककार चेतन कार्कीेले पुस्तक विमोचन गर्दै मुक्तककार सुशील चालिसेको मुक्तक विधामा भविष्य उज्वल रहेको बताए । पुस्तकको समीक्षा गर्दै प्रा.डा. सनतकुमार वस्तीले मुक्तक विधा हेर्दा सरल भए पनि लेखनको हिसाबले अति कठिन रहेको बताए ।

‘गुराँसहरु पलाँसहरु’ मा मस्तिष्कबाट भन्दा हृदयबाट लेखिएका रचना पाएकाले सुशीलको लेखाईमा सम्भावना प्रशस्त रहेको वस्तीले बताए । तर विषय चयनमा विविधता ल्याउनुपर्ने सुझाव उनको छ ।

कार्यक्रममा गीतकार सुवासचन्द्र ढुंगेलले मुक्तककारको सकारात्मक सोच लेखाईमा पनि प्रतिविम्वित भएको बताए । मुक्तककार सुशील चालिसेले आफ्ना मुक्तकलाई पुस्तकको रुपमा प्रस्तुत गर्न पाउँदा खुशी लागेको बताएका थिए । मुक्तक विधामा आफू प्रारम्भिक चरणमै रहेको बताउँदै उनले आउँदा दिन परिस्कृत हुने प्रयासमा रहेको बताए ।

राग रागिनी इण्टरटेन्टमेन्टका कार्यवहाक अध्यक्ष अल्बर्ट बज्राचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा मोडर्न बोर्डिङ्ग माध्यमिक विद्यालय तथा यूनिभर्सल मोडर्न कलेजका प्राचार्य अनिल कसपालले स्वागत मन्तव्यका क्रममा विदेशमा बसेर पनि नेपाली भाषामा आफ्ना रचनालाई पुस्तकका रुपमा प्रस्तुत गर्नु आफ्नो देश प्रतिको माया भएको बताए ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?