दुई दशकसम्म श्रीदेवीको बलिउड राज

‘सोलहवाँ सावन’देखि ‘जुदाई’सम्म

‘सोलहवाँ सावन’देखि ‘जुदाई’सम्म
+
-

नयाँ दिल्ली-  करिब अाधा दर्जन भाषाका फिल्म खेलेकी श्रीदेवी भारतीय फिल्म उद्योगकी पहिलो महिला सुपरस्टार मानिन्छिन्। चार वर्षको उमेरदेखि अभिनय गर्न सुरु गरेकी श्रीदेवीले आफ्नो करियरमा पाँच वटा फिल्मफेयर अवार्ड जितिन्, १० पटक नोमिनेसनमा परिन्।

सन् १९७८ मा ‘सोलहवाँ सावन’ मा अभिनय गर्दै मुख्य कलाकारका रुपमा बलिउड प्रवेश गरेकी उनले त्यसपछि करिब दुई दशक भारतकाे प्रमुख सिने उद्योगमा राज गरिन्।

त्यसको तीन वर्षअघि मात्र उनले ‘जुली’मा बाल कलाकार बनेर बलिउडमा डेब्यु गरेकी थिइन्। उनले ‘मवाली’ ‘तोफा’, ‘नयाँ कदम’, ‘मकसद’,  ‘मास्टर्जी’, ‘नजराना’, ‘मिस्टर इन्डिया,’ ‘वक्त की आवाज’, ‘चाँदनी’, सदमा , चालबाज , लम्हे, खुदा गवाह, गुमराह , लाड्ला र जुदाईजस्ता ब्लकबस्टर  बलिउड फिल्म खेलिन्। दक्षिण भारतका  तमिल,  तेलेगु , मलायम र  कन्नड भाषाका फिल्ममा पनि उनको बेजोड छाप रह्यो।

५० वर्षअघि चेन्नइमा पौराणिक फिल्म कन्धन करुनाइमा अभिनय गरेकी थिइन्, जतिबेला उनको उमेर केवल ४ वर्ष थियो।  त्यसपछि १३ वर्षको उमेरमा अर्थात सन् १९७६ मा  उनले   तमिल भाषाको फिल्म मुन्द्रु मुदिन्युमा एक वृद्ध विधुरकाे श्रीमती भएर अभिनय गरिन् , जसबाट बयस्क कलाकारका रुपमा उनको यात्रा सुरु भयो।

त्यस फिल्ममा उनी रजनिकान्तको कान्छी आमा भएर खेलेकी थिइन्। त्यसपछिका दक्षिण भारतिय फिल्ममा  कमल हसन र श्रीदेवीको जोडीले राज गर्‍यो। उनीहरुले सँगै‌‌ अभिनय गरेका ४० भन्दा बढी दक्षिण भारतीय फिल्म धेरै नै रुचाइए।

दुवैले अभिनय गरेको मुन्द्रम पिराईले बलिउडको समेत ध्यान खिचेको थियो। सदमाका रुपमा बलिउडमा रिमेक भएकाे ‘मुन्द्रम पिराइ’मा पनि श्रीदेवीले नै अभिनय गरेकी थिइन्।

यस फिल्म दुर्घटनापछि विर्सने रोगबाट पिडित चरित्रका रुपमा अभिनय गरेकी श्रीदेवी र जितेन्द्रबीचको प्रेमप्रसंग वरिपरि छ। जसरी साउथ इन्डियामा श्रीदेवी र कमल हसनको जोडी जम्याे , बलिउडमा श्रीदेवी र जितेन्द्रको जोडी उस्तै रह्यो। सन् १९८३ मा रिलिज भएकाे हिम्मतवालाले श्रीदेवीलाई बलिउडमा स्थापित गरायो। यस फिल्ममा जितेन्द्र उनका जोडी थिए।

पैसाका लागि आफ्नै श्रीमानलाई बेच्न तयार श्रीमतीको भुमिकामा थिइन श्रीदेवी त्यस फिल्ममा। अनिल कपुरकै ठुल्दाई बोनी कपुरसँग विवाह गरेपछि अभिनय गर्न छाडेकी थिइन् उनले। सन् २०१२ मा फिल्म क्षेत्रमा उनको अप्रत्यासित  पुनरागमन भयो, इङलिस भिङलिसमार्फत।

यस फिल्ममा  अंग्रेजी बोल्न नआएका कारण श्रीमान र छोरीबाट  हेपिएकी चरित्रमा प्रस्तुत भएकी छिन् उनी। श्रीदेवीले आफुलाई उत्कृष्ट अभिनेत्रीका रुपमा पुन एक पटक स्थापित गरिन्।

सोही वर्ष भारतका चर्चित मिडियाले उनलाई बलिउडको नम्बर एक अभिनेत्रीका रुपमा उल्लेख गरे। सन् २०१३ मा भारतिय सिनेमाले एक सय वर्ष पुगेकोमा खुसीयाली मनाइरहेका बेला विभिन्न सन्चार माध्यमले उनलाई शताब्दीकै सर्बाेत्कृष्ट नायिकाका रुपमा उल्लेख गरेका थिए।

 

सोही वर्ष भारत सरकारले उनलाई पद्मश्री प्रदान गरेको थियो। सन् २०१७ मा उनले श्रीमान बबी कपुरले बनाएको मम भन्ने फिल्ममा खेलिन्। नवाजुद्धिन सिद्दिकी र अक्षर कुमारसँग उनले यस फिल्ममा अभिनय गरेकी थिइन् ।

उनले पुन एक पटक प्रस‌ंशा बटुलिन्। श्रीदेवीले भारतिय सिनेमाका नामुद निर्देशकसँग काम गरिन् वा श्रीदेवीसँग काम गर्न उनीहरु चाहन्थे, यस चोपरा,  सुबास घई, शेखर कपुर  र रामगोपाल बर्मादेखी राकेश राेशनसम्म।

बलिउडमा दक्षिण भारतिय अभिनेत्रीको प्रभाव रहने गरेको छ। भारतिय सिनेमामा राज गरेका पद्मिनी हेमा मालिनी रेखा वाहिदा रहमान र भिज्यानतिमला दक्षिण भारतकै हुन्। तर यीमध्येपनि श्रीदेवी विशेष रहिन्। चर्चित सुपरस्टार सलमान खानले एक पटक श्रीदेवी बलिउडका सबै खानभन्दा अगाडि रहेको बताएका छन्।

अनुपम खेरले त उनलाई बलिउडकै रानी भनेका छन्। हुन पनि सन् १९८० र ९० को दशकका धेरै वर्ष श्रीदेवी विवादरहित एक नम्बरकी भारतिय अभिनेत्री रहिन्, निकै प्रतिशाली रेखा र हेमा मालिनीको पंक्तीमा।

 

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?