अमेरिकी पेस्तोलसहित दुईजना पक्राउ

+
-

इनरुवा – सुनसरीको इटहरी उपमहानगरपालिका–५ जनता बस्तीबाट अमेरिकी पेस्तोलसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा इटहरी–५ बस्ने २२ वर्षीय यामबहादुर लिम्बू र इटहरी–८ बस्ने २१ वर्षीय रोहन बस्नेत रहेका छन् ।

इलाका प्रहरी कार्यालय इटहरीबाट सादा पोशाकमा खटिएको प्रहरीको टोलीले नौ एमएमको एक राउण्ड गोली र पेस्तोलसहित दुईजनालाई शनिबार पक्राउ गर्न सफल भएको हो ।

इटहरी–९ स्थित बसपार्कमा युवाहरु झगडा गर्न लागेको सूचनाका आधारमा प्रहरीको टोलीले सो क्षेत्रमा निगरानी बढाएको थियो ।

प्रहरीले निगरानी बढाउने क्रममा लिम्बूको साथबाट अमेरिकी अटोमेटिक पेस्तोल बरामद गरिएको इलाका प्रहरी कार्यालय, इटहरीका प्रहरी नायब उपरीक्षक सञ्जय राउतले जानकारी दिए ।

पक्राउ परेका लिम्बू यसअघि पनि ज्यान मार्ने अभियोगमा तीन वर्ष जेल सजाय पाएका व्यक्ति हुन् ।

पक्राउ परेका दुवैजनालाई हातहतियार तथा खरखजाना ऐनअन्तर्गत मुद्दा चलाइएको प्रहरी नायब उपरीक्षक राउतले बताए ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?