भक्तपुरमा बाघको आक्रमण, पसल गएका बालक घर फर्केनन्

+
-

भक्तपुर – भक्तपुरमा सूर्यविनायकमा बाघको आक्रमणबाट एक बालकको ज्यान गएको छ । सूर्यविनायक नगरपालिका–७, गुण्डू पानीट्याङ्कीमा बाघको आक्रमणबाट गुण्डू खहरेका सुनिल तामाङका ६ वर्षका छोरा सिरिश तामाङको बाघको आक्रमणबाट ज्यान गएको हो।

उनलाई सोमबार बेलुका पसलबाट घर फर्कने क्रममा बाघले आक्रमण गरी जङ्गलमा लगेर खाएको प्रहरीले जानकारी दिएको छ ।

पसल गएका बालक बेपत्ता भएपछि खोजी गर्दा स्थानीयबासिन्दा, प्रहरी, नेपाली सेनाको टोलीले राति साढे १० बजे बालकुमारी सामुदायिक वनमा बालकको शव फेला पारेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता कृष्ण प्रसाईंले जानकारी दिए ।

जङ्गलमा बालक खोज्न जाँदा बालकलाई बाघले खाएको अवस्थामा फेला परेको र मानिसको भीड देखेपछि बाघ भागेको हुन सक्ने प्रहरीको भनाई छ । बालकको शव पोष्टमार्टमका लागि भक्तपुर अस्पतालमा राखिएको छ ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?