कर्णालीमा एमबिबिएस पढाइ भएको हेर्ने प्रधानमन्त्री देउवाको धोको

कर्णालीमा एमबिबिएस पढाइ भएको हेर्ने प्रधानमन्त्री देउवाको धोको
फाइल फोटो
+
-

सुर्खेत- प्रधानमन्त्री शेरबहादुर देउवाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लालाई प्रदेश नं ६ कै स्वास्थ्य क्षेत्रको गौरव भएको बताएका छन्।

७५ करोड रुपैयाँ बजेटमा निर्मित ३ सय शय्याको प्रतिष्ठानको नवनिर्मित भवन आइतबार उद्घाटन गर्दै उनले भौगोलिक रुपले विकट र पिछडिएको क्षेत्रमा निर्मित प्रतिष्ठानबाट स्वास्थ्य क्षेत्रमा समृद्धि आरम्भ हुने बताए।

‘जसरी स्थापनाकालदेखिको तीव्र गतिमा स्वास्थ्य सेवा, स्टाफ नर्स र स्वास्थ्य सहायकको शिक्षण सेवा प्रतिष्ठानले दिइरहेको छ, सोहीअनुसार प्रतिष्ठानले सिनेटमा पेस गरेका एमबिबिएस मिडवाइफेरीलगायतका बहुवर्षीय योजनाहरू छिटो अघि बढाउनुपर्छ,’ उनले भने।

प्रधानमन्त्री देउवाले प्रतिष्ठानको एमबिबिएस कक्षा सञ्चालनका लागि आवश्यक पूर्वाधार तत्काल अगाडि बढाउन स्वास्थ्य मन्त्रीलाई निर्देशन दिए।

प्रतिष्ठानकोे सिनेट बैठकले असोज २६ गते पारित गरेको बजेट तत्काल उपलब्ध गराउने भन्दै उनले अस्पताल जस्ता पवित्र स्थानमा आगलागी भएको घटनाको अनुसन्धानमा तीव्रता दिने बताए।

हिमाली जिल्लामा चिकित्सा क्षेत्रमा देखिएको विशाल भवन कर्णालीमा उद्घाटन गर्न पाउँदा आफू खुशी भएको अभिव्यक्ति दिँदै प्रधानमन्त्री देउवाले अब यस क्षेत्रमा एमबिबिएस पढाइ भएको हेर्ने धोको रहेको बताए।

कार्यक्रममा स्वास्थ्यमन्त्री दिपक बोहराले ६ नं प्रदेशको स्वास्थ्यको राजधानी जुम्ला हुने र अन्य जिल्लामा यसका सेवाहरू प्रभावकारी रुपमा अगाडि बढाइने बताए। उनले प्रतिष्ठानमा मिर्गौला, क्यान्सर र स्पाइनल इञ्जुरीका सेवासमेत थप गर्ने संकल्प गरे।

राष्ट्रिय योजना आयोगका सदस्य डा. गीताभक्त जोशीले राज्यको बजेट बाँडफाँडमा योजना आयोगको नजरबाट कर्णालीमा स्थापित प्रतिष्ठान प्रथामिकतामा पर्ने विश्वास दिलाए। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्थानबाट यहाँ डाक्टर पढ्न आउने र स्वास्थ्य पर्यटकीय क्षेत्रको ‘हब’ बनाउने योजना रहेको उनको भनाइ थियो।

प्रतिष्ठान पहल समितिका संयोजक तथा प्रदेश सांसद नरेश भण्डारीले हवाई जहाज कुर्दै गर्दा मृत्युको मुखमा जान बाध्य यहाँका नागरिकले स्वास्थ्य क्षेत्रमा न्याय पाएको बताए। उनले भावुक हुँदै भने, ‘मेरो आमाको पनि जहाजमै निधन भएको थियो। त्यही घटनाले पिरोलिरहेको अवस्थामा विसं २०६४ मा जुम्लाको जनप्रतिनिधि भएको बेला सबैको सहयोगमा प्रतिष्ठान स्थापना भयो।’

प्रतिष्ठानका उपकुलपति डा. राजेन्द्रराज वाग्लेले प्रतिष्ठान सञ्चालनमा सबैको सहयोगको आवश्यकता रहेको औँल्याए।

अस्पताल निर्देशक धर्मराज गोसाईले अहिले २५ विशेषज्ञ र १४ एमबिबिएस डाक्टर प्रतिष्ठानमा कार्यरत रहेको जनाउँदै प्रदेश नं ६ का १० जिल्ला र प्रदेश नं ७ का तीन जिल्लामा स्वास्थ्य सेवा विस्तार गरिएको बताए।

चन्दननाथ नगरपालिकाका प्रमुख कान्तिका सेजुवालले प्रतिष्ठानको संस्थागत विकासका लागि नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाइन्।

कार्यक्रममा प्रधानमन्त्री देउवाले प्रतिष्ठानद्वारा प्रकाशित ‘जनर्ल अफ कर्णाली एकेडेमी अफ हेल्थ साइन्स’ पुस्तकको पनि विमोचन गरेका थिए।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?