सिँचाई मन्त्रालयका सचिवको शव फेला

+
-

धादिङ – त्रिशूली नदीमा गाडी खस्दा बेपत्ता भएका सिँचाई मन्त्रालय सचिव रामानन्द यादवको शव भेटिएको छ।

यादव चढेको बा १  झ ३१४० नम्बरको जिप धादिङ बेनीघाट रोराङ गाउँपालिका–३ सलाङघाटबाट बिहान त्रिशूली नदीमा खस्दा उनीसहित तीनजना बेपत्ता भएका थिए ।

सशस्त्र प्रहरी गोताखोरको टोलीले उनको शव पानीबाट बाहिर निकालेको हो । बेपत्ता भएका उनका छोरा सन्तोष र एक किशोरी भने अझै भेट्टिएका छैनन् ।

नारायणघाटबाट काठमाडौंका लागि छुटेको जिपमा मन्त्रालयका सचिव यादव, उनका छोरा सञ्जय र एक किशोरी सवार थिए ।

चालक निराजन यादव भने घाइते भएका छन् । बेपत्ताको खोजी भइरहेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सञ्जय तिमिल्सेनाले जानकारी दिए ।

सम्बन्धित समाचार 

सिचाइँ सचिव आफैँले चलाएका थिए दुर्घटना भएको गाडी

 

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?