ओलीले नपत्याएपछि राजेन्द्र पाण्डे नेपाल गुटमै फर्किए

ओलीले नपत्याएपछि राजेन्द्र पाण्डे नेपाल गुटमै फर्किए
राजेन्द्र पाण्डेले उम्मेदवारी नदिने सहमति भएपछि अष्टलक्ष्मी शाक्यसँगै फोटो खिचाउँदै । तस्बीर /दीपा दाहाल
+
-

काठमाडौं – एमालेबाट ३ नम्बर प्रदेशको मुख्यमन्त्रीको आकांक्षा देखाएका राजेन्द्र पाण्डे पोलिटब्युरो सदस्य अन्तिम समयमा रिङ आउट भएका छन् ।

प्रतिनिधिसभा उम्मेदवारमा धादिङबाट सिफारिसमा नै नपरेपछि पाण्डेले अध्यक्ष केपी शर्मा ओलीसँग गुट नै परिवर्नन गर्ने प्रतिबद्धता जनाएपछि प्रदेशसभामा टिकट पाएर जितेका थिए।

ओलीको सद्भावमा प्रदेशसभाको सांसद बनेका पाण्डे मुख्यमन्त्रीको पनि आकांक्षा देखाइरहेका थिए। उनले संस्थापन पक्षबाट मुख्यमन्त्रीको टिकट पाउने बताउँदै उपाध्यक्ष अष्टलक्ष्मी शाक्यसँग चुनावी संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्ने तयारी गरे पनि अन्तिम समयमा शाक्यलाई नै समर्थन गर्न पुगेका छन् ।

उम्मेदवार बन्ने विषयमा शाक्य र पाण्डेबीच आरोप प्रत्यारोप नै चल्दै आएको थियो । अष्टलक्ष्मी शाक्य माधव नेपाल समूहबाट सुरुदेखि नै मुख्यमन्त्रीको दौडमा रहेकी थिइन्।

एमालेभित्र माधव नेपालको विश्वासपात्रका रुपमा रहँदै आएका पाण्डेले गुट परिवर्तन गर्न तयार भए पनि ओली पक्षले विश्वास गरेर संसदीय दल एवं मुख्यमन्त्रीको उम्मेदवार नबनाएपछि पाण्डे नेपाल समूहमै फर्किएका हुन् ।

ओली पक्षसँग बिहीबार राति अबेरसम्म छलफल गरेका पाण्डेले शुक्रबार संसदीय दलको नेताकाल लागि ललितपुरको च्यासलस्थित लुल्सीलाल स्मृति भवन पुगेर उम्मेदवारीका लागि फारम लिए पनि दर्ता नगराएका हुन् । संस्थापन पक्षले डोरमणि पौडेललाई उम्मेदवार बनाएपछि पाण्डेले ‘हार्ने चुनावमा प्रतिस्पर्धा नगर्ने’ भन्दै पछि हटेका छन् ।

उम्मेदवारी दिँदै डोरमणि उपाध्याय । तस्बिर : दीपा दाहाल /देश सञ्चार

संस्थापन पक्ष उम्मेदवार नबनाएपछि पाण्डे एकैपटक शाक्यको समर्थनमा गर्न पुगेका हुन् । पाण्डेले शाक्यलाई समर्थन गर्ने घोषणा गरेपछि डोरमणि पौडेलले च्यासलबाटै अध्यक्ष ओलीलाई ‘उम्मेदवारी दिउँ कि नदिउँ ?’ भनेर सोधेका थिए ।

अध्यक्षको निर्देशनपछि मात्र पौडेलले उम्मेदवारी दर्ता गरएका हुन् । पाण्डेले शाक्यलाई समर्थन गरेको अवस्थामा ‘स्वत हार हुने’ मूल्यांकन गरेर ओलीलाई फोन लगाएका थिए ।

जसले गर्दा संसदीय दलको नेतामा डोरमणि पौडेलको उम्मेदवारी स्वैच्छिक भन्दा पनि बाध्यात्मक बन्न पुगेको छ । ३ नम्बर प्रदेशमा एमालेका ५८ जना सांसद छन् । दलको नेता बन्नका लागि ३० जनाको समर्थन चाहिने भए पनि शाक्यको पक्षमा त्योभन्दा बढी सांसद रहेको स्रोतको भनाई छ ।

मुख्यमन्त्रीका लागि अष्टलक्ष्मी शाक्यले बिहीबार दिउँसो अध्यक्ष ओलीसँग छलफल गरेकी थिइन् । छलफलका क्रममा ओलीले अघि बढ्न संकेत गरेको स्रोतको भनाइ छ ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?