राजेन्द्रले फिर्ता लिए मुख्यमन्त्रीको दाबी, अष्टलक्ष्मी र डोरमणि भिड्ने

राजेन्द्रले फिर्ता लिए मुख्यमन्त्रीको दाबी, अष्टलक्ष्मी र डोरमणि भिड्ने
+
-

काठमाडौं –  नेकपा एमालेले प्रदेश नम्बर ३ को संसदीय दलको नेताका लागि अष्टलक्ष्मी शाक्य र डोरमणि उपाध्यायबिच प्रतिस्पर्धा हुने भएको छ ।

निर्वाचन स्थलमा अष्टलक्ष्मी शाक्य र राजेन्द्र पाण्डे । तस्बिर : दीपा दाहाल /देश सञ्चार

शुक्रबारका लागि तोकिएको चुनावमा शाक्य र उपाध्यायले उम्मेदवारी दर्ता गरेका छन् । राजेन्द्र पाण्डे भने अन्तिम समयमा आएर पछि हटेका छन् ।

उनले उम्मेदवारी नै दर्ता गराएनन् । संसदीय दलको नेता बन्दै मुख्यमन्त्रीको दाबी प्रस्तुत गर्दै आएको नेता पाण्डेले भने देश सञ्चारसँग कुरा गर्दै आफू होडबाट पछि हटेको बताएका छन् ।

उनले भने ‘चुनावमा गएपछि जित्नु पर्छ । जित्ने जस्तो नदेखिएपछि चुनावमा जानुको औचित्य छैन ।’ उनले आफूले उम्मेदवारी दर्ता नगर्ने स्पष्ट पारेका छन् ।

उम्मेदवारी दिँदै डोरमणि उपाध्याय । तस्बिर :दीपा दाहाल /देश सञ्चार

एक सय १० सदस्यीय प्रदेशसभामा एमालेका ५८ जना सांसद छन् । संसदीय दलको नेतामा निर्वाचित हुन ३० जना सांसदको समर्थन चाहिन्छ ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?