प्रदेश २ का विजयी सांसदलाई प्रमाणपत्र वितरण

+
-

जनकपुरधाम- प्रदेश नं २ बाट राष्ट्रियसभामा निर्विरोध निर्वाचित हुनुभएका सदस्यहरुलाई प्रमाणपत्र वितरण गरिएको छ।

प्रदेश नं २ बाट राष्ट्रियसभा सदस्यमा महिलातर्फ संघीय समाजवादी फोरम नेपालका प्रमिला कुमारी, नेपाली काँगे्रसका मुक्ताकुमारी यादव र नेकपा (माओवादी केन्द्र)का शशिकला दाहाल, अल्पसंख्यकमा राष्ट्रिय जनता पार्टी नेपालका वृषेशचन्द्र लाल र दलितमा संघीय समाजवादी फोरम नेपालका रामपृत पासवान निर्विरोध निर्वाचित भएका छन्।

त्यस्तै, खुलातर्फ काँग्रेसका जीतेन्द्रनारायण देव, राष्ट्रिय जनता पार्टी नेपालका रमेशप्रसाद यादव र नेकपा एमालेका सुमनराज प्याकुरेल निर्विरोध निर्वाचित भएका छन्।

उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश उदयप्रकाश चापागाईंले निर्विरोध निर्वाचित राष्ट्रियसभा सदस्यलाई प्रमाणपत्र वितरण गर्दै कानून र संविधानलाई न्यायपूर्ण बनाउनुपर्ने धारणा राखे।

अब संघर्षको साटो समाधानको बाटो रोज्नुपर्नेमा उनले जोड दिए। निर्विरोध निर्वाचित राष्ट्रियसभा सदस्य देवले जिम्मेवारीलाई सुविधाका रूपमा नलिई सेवाका रूपमा लिनुपर्ने धारणा व्यक्त गरे।

संस्कृति मन्त्रीसमेत रहनुभएका उहाँले संघीयताका माध्यमले विद्यमान गरिबी, पछौटेपनलाई हटाई देशको मुहार फेर्न अग्रसर हुनु जरूरी भएको बताए।

सभापतिको आशनबाट धनुषा जिल्लाका मुख्य न्यायाधीश राधाकृष्ण उप्रेतीले प्रदेश नं २ का जनप्रतिनिधिसामु गहन जिम्मेवारी भएको बताए।

सम्बन्धित समाचार 

पाँच नम्बर प्रदेशबाट निर्वाचित राष्ट्रियसभा सदस्यलाई प्रमाण पत्र प्रदान

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?