प्रदेश २ मा ७ गतेभित्रै मन्त्रिपरिषद्: मुख्यसचिव सिंह

प्रदेश २ मा ७ गतेभित्रै मन्त्रिपरिषद्:  मुख्यसचिव सिंह
पदभार ग्रहण गर्दै प्रदेश २ का मुख्यसचिव। तस्बिर: देशसञ्चार
+
-

जनकपुरधाम- प्रदेश नं. २ मा फागुन ७ गतेभित्र मन्त्रीहरुको पदबहाली हुने भएको छ। प्रदेश नं. २ को राष्ट्रियसभामा ८ वटै राष्ट्रियसभाका उम्मेदवारहरु सर्वसम्मतिले चयन भएकाले आगामी फागुन ७ गते भित्र मन्त्रीहरुको पदबहाली हुने भएको छ।

प्रदेश नं. २ को अस्थायी राजधानी जनकपुरधाम तोकिएसँगै प्रदेश कार्यालयको स्थापना र बुधबार मुख्य सचिवमा राजेश्वरमान सिंहले पदभार ग्रहण गर्दै ७ गतेभित्रै मन्त्रिपरिषद्को स्थापना हुने र तत्काल भवनको अभावमा धनुषाका विभिन्न सरकारी कार्यालयहरुलाई प्रयोग गरिने बताएका छन्।

बुधबार पदभार ग्रहण गरेका मुख्य सचिव सिंहले धनुषाका कार्यालयका प्रमुखहरुसँग छलफल गर्दै प्रदेश नं. २ लाई समृद्ध प्रदेशको रुपमा विकास गर्ने बताए। यस प्रदेशमा कृषि, पर्यटन तथा उद्योगको प्रचुर सम्भावना रहेकोले तत्काल यी विषयवस्तुमाथि केन्द्रित रही कामकाज अगाडी बढाउनुपर्नेमा सिंहले जोड दिए।

प्रदेश नं. २ मा रहेको सात वटा मन्त्रालयमध्ये तीन वटा मन्त्रालय र प्रदेश प्रमुखको कार्यालय जनकपुर चुरोट कारखानामा राखिने छ।

जनकपुर चुरोट कारखानामा मुख्य मन्त्रालय, अर्थ मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालयको व्यवस्थापन गरिने धनुषाका प्रमुख जिल्ला अधिकारी दिलिपकुमार चापागाईले जानकारी दिएका छन्। अन्य मन्त्रालयहरु व्यवस्था नहुन्जेलसम्म अन्य स्थानमा राखिने भएको छ।

भौतिक पूर्वाधार मन्त्रालय खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयमा, कृषि वातावरण तथा पशुपन्क्षी मन्त्रालय महिला तथा बालविकास कार्यालयमा, जल उत्पन्न तथा सिचाइँ कार्यालयमा वन मन्त्रालय, स्वास्थ्य तथा शिक्षा मन्त्रालय जनस्वास्थ्य कार्यालयमा राखिने भएको धनुषाका प्रमुख जिल्ला अधिकारी चापागाईले जानकारी दिए।

मन्त्रालय तथा विभिन्न उच्च पदस्थ व्यक्तिहरुको लागि ३८ वटा गाडीहरु आवश्यक भए पनि केन्द्रबाट १४ वटा गाडी मात्र तत्काल आएको र बाँकी गाडीहरु ८ वटै जिल्लाका प्रमुख अधिकारीसँग समन्वयन गरेर मिलाउने बताइएको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?