राष्ट्रियसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा

+
-

कास्की-बुधबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेश नं ४ मा सम्पूर्ण तयारी पूरा भएको छ । बिहान १० देखि अपराह्न ३ बजेसम्म लोक सेवा आयोगको क्षेत्रीय कार्यालयमा हुने निर्वाचनमा स्थानीय तहका प्रमुख/उपप्रमुख वा अध्यक्ष/उपाध्यक्षका लागि एक र प्रदेशसभा सदस्यका लागि एक गरी दुईवटा मतदान केन्द्र निर्धारण गरिएको क्षेत्रीय निर्वाचन कार्यालय पोखराका प्रमुख गंगालाल सुवेदीले जानकारी दिए।

उनका अनुसार राष्ट्रियसभा निर्वाचनका लागि यस प्रदेशका स्थानीय तहका प्रमुख/उपप्रमुख वा अध्यक्ष/उपाध्यक्ष गरी १७० जना मतदाता हनुहुन्छ भने प्रदेशसभा सदस्य ६० जना मतदाताका रुपमा रहेका छन्।

दुवै मतदान केन्द्रका लागि आवश्यक सामग्री तथा जनशक्ति व्यवस्थापन कार्य भइसकेको उनले जानकारी दिए। मतदान सकिएर निर्वाचन अधिकृतको कार्यालयमा मतदान सामग्री बुझाएलगतै मतगणना शुरु हुने प्रमुख सुवेदीले जानकारी दिए।

यस प्रदेशबाट राष्ट्रियसभामा निर्वाचित हुने कुल आठ (खुल्ला–तीन, महिला–तीन, दलित र अपाङ्गबाट एक÷एक जना) रहेकोमा अपाङ्गतार्फबाट प्रकाश पन्थ निर्विरोध निर्वाचित भइसकेका छन्।

सम्बन्धित समाचार

प्रदेश ६ मा राष्ट्रियसभाको निर्वाचनको तयारी पूरा

 

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?