चारवटा प्रदेशमा आज प्रदेशसभाको पहिलो बैठक

चारवटा प्रदेशमा आज प्रदेशसभाको पहिलो बैठक
+
-

काठमाडौं – राजनीतिक परिवर्तन अनि त्यसपछि भएको चुनावपछि फेरिएको राजनीतिक संरचनाको औपचारिक अभ्यास अन्तर्गत आइतबार चारवटा प्रदेशमा प्रदेशसभाको पहिलो बैठक बस्दैछ ।

प्रदेश नम्बर २, ५, ६ र ७ आइतबार प्रदेशसभाको पहिलो बैठक बस्न लागेको हो । यसअघि गएको बिहीबार प्रदेश नम्बर ३ को पहिलो प्रदेशसभा बैठक बसेको थियो ।

आइतबार पहिलो बैठक हुने चारै प्रदेशमा तयारी पूरा भएको छ । नयाँ संविधान अनुसार संघीय संरचनामा गएको नेपालको पहिलो संघीय संरचना अन्तर्गतको प्रदेश नम्बर २ को संसदको बैठक अस्थायी राजधानी जनकपुरमा बस्दैछ ।

जनकपुर उपमहानगरपालिका १२ मा रहेको शैक्षिक तालिम केन्द्रको भवनमा प्रदेशसभाको पहिलो बैठक बस्दैछ । प्रदेश नम्बर २ मा एक सय ७ जना प्रदेशसभा सदस्य छन् ।

यस्तै प्रदेश नम्बर ५ मा पनि आइतबार प्रदेशसभाको पहिलो बैठक बस्दैछ । संघीय संरचनाअनुसारको प्रदेशसभा अन्तर्गत प्रदेश नं ५ को संसद सचिवालय रहेको बुटवल उद्योग बाणिज्य संघको सभाहलमा बैठक बस्दैछ । बैठक बिहान ११ बजे बस्नेछ ।

यसैगरी प्रदेश नम्बर ६ को पहिलो प्रदेशसभाको बैठकको तयारी पूरा भएको छ । प्रदेशसभा सदस्यहरुमध्ये जेष्ठ सदस्यको अध्यक्षतामा बस्ने पहिलो बैठकले तीन वटा विषयको सूची तयार गरेको छ ।

प्रदेशसभाको पहिलो बैठकमा सभामुख चयनका लागि मिति तय हुनेछ । यस्तै बैठक सञ्चालनका लागि आवश्यक कार्यविधीबारे पनि पहिलो बैठकमा छलफल हुने सचिवालयले जानकारी दिएको छ । दिउँसो एक बजेदेखि प्रदेशसभाको बैठक बस्नेछ ।

यस्तै प्रदेश नम्बर सातमा पनि आइतबार नै प्रदेशसभाको पहिलो बैठक बस्दैछ । अस्थायी राजधानी धनगढीमा बैठक बस्नेछ ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?