प्रदेश १ सभामुखको निर्वाचन माघ २९ मा

प्रदेश १ सभामुखको निर्वाचन माघ २९ मा
+
-

प्रदेश नम्बर एकको सर्वदलीय बैठकले प्रदेश सभामुख तथा उपसभामुखको निर्वाचनको मिति टुंगो लगाएको छ। शनिबार जिल्ला समन्वय समितिको भवनमा बसेको संसद सचिवालय र सर्वदलिय बैठकले सभामुखको निर्वाचन माघ २९ गते गर्ने सहमति बनाएको छ।

त्यसैगरी उपसभामुखका लागि फागुन ३ गतेको मिति निर्धारण गरिएको संसद सचिवालय प्रवक्ता सहजित राईले बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिए।

निर्वाचन दिउँसो १ बजे हुनेछ। प्रवक्ता राईका अनुसार सभामुखको लागि २८ गते मनोनयन दर्ता र उपसभामुखका लागि फागुन २ गते मनोनयन दर्ताको कार्यक्रम छ।

सोही क्रममा उनले प्रदेश सभा सञ्चालनको अन्तरिम कार्यविधि बैठकले पास गरेको जानकारी दिए।

बैठकले सोमबार बस्ने प्रदेश सभाको पहिलो बैठकमा शुभकामना मन्तब्य दिने पांच राजनीतिक दल र एक स्वतन्त्रबाट गरी ६ जना सभासदस्यको टुंगो लगाएको छ। बैठकमा प्रत्येक प्रतिनिधिले पाँचदेखि सातमिनेटसम्म शुभकामना मन्तब्य राख्न सक्नेछन्। नेपाली कांग्रेसबाट केदार कार्की, एमालेबाट भीम आचार्य, एमाओवादीबाट इन्द्र आंग्बो, संघीय समाजवादी फोरम नेपालबाट जयराम यादव, राप्रपाबाट इन्दिरा राई र स्वतन्त्रतर्फबाट नारायणबहादुर मगरले शुभकामना मन्तव्य राख्नेछन्।

त्यसैगरी सभाभुख सहायक चियरपर्सनमा नेपाली कांग्रेसले प्रकाश प्रभात, एमालेबाट गणेश काम्बांग, एमाओवादीबाट रामकुमार राई र फोरमबाट राधा थापाको नाम टुंगो लागेको छ।

बैठकको नेपाल टेलिभिजन र मकालु टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने भएका छन्।

सम्बन्धित समाचारहरु…

प्रदेश ३ मा सभामुखको निर्वाचन २७ गते

 

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?