आहा ! रारा गोल्डकप फाइनल आज : थ्री स्टार भर्सेस नेपाल पुलिस

आहा ! रारा गोल्डकप फाइनल आज : थ्री स्टार भर्सेस नेपाल पुलिस
+
-

कास्की – पोखरामा भइरहेको आहा रारा गोल्डकप फुटबलको फाइनल खेल शनिबार हुँदैछ । १६ औँ संस्करणको उपाधिका लागि थ्री स्टार क्लब र नेपाल पुलिस क्लबबिच प्रतिस्पर्धा हुनेछ ।

थ्री स्टारले बंगलादेशको उत्तर बरिन्धरा क्लब तथा नेपाल पुलिस क्लबले धरान फुटबल क्लबलाई हराएर फाइनल भेट पक्का गरेका हुन् ।

आहा रारा गोल्डकप फुटबलको इतिहासमा थ्री स्टार र नेपाल पुलिस क्लबबिच फाइनलमा पहिलोपटक प्रतिस्पर्धा हुन लागेको हो ।

पाँचौँपटक फाइनल खेल्न लागेको थ्री स्टारले यसअघि भएका कुनै पनि फाइनलमा हार बेहोरेको छैन । उसले आहा रारा गोल्डकपको पाँचौँ, नवौँ, ११ औँ र १३ औँ संस्करणको उपाधि जितेको छ ।

यस्तै नेपाल पुलिस क्लबले पनि यसअघि चारपटक उपाधि जितेको छ । उसले पहिलो, छैटौँ, सातौँ र आठौँ संस्करणमा उपाधि उचालेको छ । दुवै क्लब यसपटक पाँचौँपटक प्रतियोगिताको उपाधि उचाल्ने लक्ष्यमा छन् ।

थ्री स्टारका प्रशिक्षक मेघराज केसीले आफूहरुले यसअघि फाइनल नगुमाएकाले यसपटक पनि जितका लागि तयारी गरेको बताएका छन् । खेलाडी राम्रा रहेको र तयारी पनि राम्रो भएकाले उपाधि जित्नेमा आशावादी रहेको उनको भनाई छ ।

यस्तै नेपाल पुलिस क्लबका प्रशिक्षक अनन्तराज थापाले भने सम्भावना आधा आधा रहेको बताएका छन् । क्लबमा राष्ट्रिय टिमका कुनै पनि खेलाडी नरहेको तर भएका खेलाडी राम्रा रहेकाले आश रहेको उनले बताए । उपाधिका लागि सक्दो प्रयास गर्ने उनको भनाई छ ।

थ्री स्टारका कप्तान बिक्रम लामाले आफूहरु जितका लागि केन्द्रित रहेको बताएका छन् । यस्तै नेपाल पुलिसका कप्तान हेम तामाङले आफूले कुनै दबाबको महसुस नगरेको र राम्रो खेल्ने प्रयास गर्ने बताएका छन् । खेल दिउँसो पोखरा रंगशालामा हुनेछ ।

प्रतियोगिताको विजेताले साता लाख रुपैयाँ तथा उपविजेताले साढे तीनलाख रुपैयाँ पुरस्कार पाउने छ ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?