आजको मौसम : पहाडी क्षेत्रमा आंशिक बदली , तराईमा हुस्सु कम हुँदै

+
-

काठमाडौं – देशभरको मौसम बिहीबार सामान्यताया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।पहाडी क्षेत्रमा आंशिक बदली भएको र त्यस क्षेत्रको मौसम दिनभर नै त्यस्तै रहने मौसमविद वरुण पौडेलले जानकारी दिए । तर अरु ठाउँको मौसम भने सफा रहने छ ।

पहाडी क्षेत्रमा आंशिक बदली भए पनि स्थानीय वायु भएकाले पानी पर्ने सम्भावना भने छैन । तराईका क्षेत्रमा हल्का हुस्सु लागेको छ, तर दिउँसो हुस्सु हटेर मौसम सफा रहने उनले बताए ।

गएको हप्ता पानी परेसँग बिहान बेलुका केही चिसो रहेको र अझै हप्ता १० दिन यस्तै रहने मौसमविदको भनाई छ । तर त्यसपछि भने बिस्तारै गर्मी बढ्दै जानेछ ।

बाक्लो हुस्सु लाग्ने क्रम कम हुँदै गएकाले पनि बिहानमा केही समस्या भए पनि दिउँसोमा विमान उडानका लागि समस्या नहुने मौसमविद पौडेलले बताए ।

अहिले विराटनगरमा हुस्सुका कारण भिजिविलिटी केही कम देखिएको भए पनि दिउँसो सफा हुने उनले बताए । काठमाडौंमा पनि अहिले आन्तरिक उडानका लागि केही समस्या रहेको तर दिउँसो समस्या नहुने उनको भनाई छ ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?