प्रदेश नम्बर ३ को पहिलो प्रदेशसभा अधिवेशन आज

प्रदेश नम्बर ३ को पहिलो प्रदेशसभा अधिवेशन आज
+
-

हेटौंडा – राजनीतिक परिवर्तन अनि त्यसपछि भएको चुनावपछि फेरिएको राजनीतिक संरचनाको औपचारिक अभ्यासको सुरुवात बिहीबारदेखि हुँदैछ ।

नयाँ संविधान अनुसार संघीय संरचनामा गएको नेपालको पहिलो संघीय संरचना अन्तर्गतको प्रदेश संसदको बैठक बिहीबार बस्दैछ । सात प्रदेश मध्ये प्रदेश संसदको पहिलो बैठक गर्ने पहिलो प्रदेश प्रदेश ३ बन्दैछ । प्रदेशको अस्थायी राजधानी हेटौंडामा बिहीबार प्रदेश संसदको पहिलो बैठक बस्दैछ ।

प्रदेश नं ३ को प्रदेशसभाको बिहीबार हुने अधिवेशनका लागि कार्यसूचि पनि तयार भएको छ । प्रदेशसभाको पहिलो बैठकका लागि प्रदेशसभाको अन्तरिम कार्यविधि पारित गर्ने र सभामुख चयनको प्रस्ताव पेश गर्ने कार्यसूचि छ । पहिलो बैठकमा सभामुखको भूमिका ज्येष्ठ सदस्य डोरमणि पौडेलले निर्वाह गर्दै छन् । पौडेल ७१ वर्षका छन् ।

बुधबार बेलुका बसेको सर्वदलीय बैठकले पाँचवटा विषयमा कार्यसूचि तयार गर्न सर्वसम्मतीबाट निर्णय गरेको थियो ।

सर्वदलीय निर्णयले प्रदेश प्रमुख अनुराधा कोइरालाले आह्वान गरेको ऐतिहासिक प्रदेशसभाको अधिवेशनसम्बन्धी सूचनाको विवरण प्रदेशसभाका ज्येष्ठ सदस्य डोरमणि पौडेलले प्रस्तुत गरेका छन् ।

प्रदेशसभाको ऐतिहासिक अधिवेशनमा सातवटा दलको तर्फबाट बोल्ने प्रदेशसभा सदस्य र एकजना स्वतन्त्र प्रदेशसभा सदस्यलाई बोल्नेक्रम र समय निर्धारण गर्ने सूचि पनि तयार गरिएको छ ।

प्रदेशसभा सभामुखका लागि यही माघ २९ गते निर्वाचनको मिति तोक्न तयारी पनि छ । प्रदेश नम्बर तीनमा ११० जना प्रदेशसभा सदस्य छन् ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?