कोसेली महोत्सवमा डेढ करोड बढीको कारोबार

कोसेली महोत्सवमा डेढ करोड बढीको कारोबार
तस्बिर : सलिम अन्सारीको फेसबुकबाट
+
-

विराटनगर –विराटनगरमा आयोजित कोसेली महोत्सवको दोश्रो संस्करणमा एक करोड ५० लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको उद्योग संगठन मोरङको महिला उद्यम समितिले जनाएकोछ ।

गत शुक्रबारदेखि मंगलबारसम्म सञ्चालित उक्त महोत्सवमा कृषि, पर्यटन तथा औद्योगिक क्षेत्रलाई समेटिएको थियो । उक्त उद्यम समितिसँगै नेपाल युवा उद्यमी मञ्चले संयुक्त रुपमा महोत्सवको आयोजना गरेको हो ।

पूर्वको इलामदेखि जुम्लासम्मका उत्पादनलाई महोत्सवमा समेटिएको उद्यम समिति सल्लाहकार शिवा उपाध्यायले जानकारी दिइन् ।

‘महोत्सवले ठिकै प्रभाव छाड्ला भन्ने लागेको थियो, तर निकै राम्रो कारोबार गरेको छ’ उनी भन्छिन् । घरेलु महासंघ महिला उद्यम समिति सभापति समेत रहेकी उपाध्यायले यसप्रकारको कार्यक्रमले आफूलाई उत्साहित बनाएको बताइन् ।

महोत्सवमा १ सय २ वटा स्टलमा इलामको हरियो पत्ति चिया, अर्थोडोक्स चियादेखि जुम्लाको स्याउसम्मले प्राथमिकता पाएको थियो ।

त्यसैगरी अल्लोको कपडा, भुइँ स्याउ, हस्तकला, माटोबाट बनेका विभिन्न सामग्री, फलफूल तथा सब्जी, अगरबत्ती, खाद्यान्न तथा कस्मेटिक्सका सामग्रीले उल्लेख्य कारोबार गरेको बताइएकोछ । त्यसैगरी इलामको ध्यू, चिज, जाडोको कपडाले राम्रो स्थान पाएको थियो ।

पूर्वका विभिन्न स्थानबाट करिब ५० हजार बढी अवलोकनकर्ता महोत्सवमा सहभागिता जनाएको आयोजकको दाबी रहेकोछ ।

 

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?