परम्परागत खाद्य वस्तुको प्रचार गर्न ‘खाद्य मेला’

परम्परागत खाद्य वस्तुको प्रचार गर्न ‘खाद्य मेला’
+
-

दाङ – थारु समुदायको संस्कारसँग जोडीएका खाद्य पदार्थको प्रयोग चाड पर्वमा मात्रै सीमित छ । ढिक्रि, घोँगी, खरिया जस्ता पोषिला खानेकुराका बारेमा सबैलाई जानकारी छैन् ।

मगर समुदायको आफ्नै संस्कृति अनुसार खानपानको प्रवन्ध हुन्छ । नेवार समुदायको पनि आफ्नै संस्कृति अनुसार पोषिलो खानेकुरा बनाउने गरिन्छ ।

तर पछिल्लो समय बजारमा आएका आधुधिक र प्रशोधन गरिएका खाद्य वस्तुले परम्परागत पोषणयुक्त खाद्य वस्तुको प्रयोगलाई घटाउँदै लगेको छ । परम्परागत र संस्कृति अनुसार जोडिएका पोषणयुक्त खाद्य वस्तुको प्रचार प्रसार र उपभोगको बारेमा जानकारी दिन दाङको लमहीमा पहिलोपल्ट खाद्य मेला हुँदैछ ।

क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जको आयोजना र देउखुरी उद्योग वाणिज्य संघको सहआयोजनामा खाद्य मेला हुन लागेको हो ।

‘उपभोक्ताहरुलाई पोषणयुक्त खाद्य वस्तुको प्रयोगको बारेमा जनचेतना फैलाउन खाद्य मेलाको आयोजना गर्न थालेका हौं’ देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष रत्नप्रसाद श्रेष्ठले भने ‘यो मेलामा प्रवेश निःशुल्क हुने छ, गाउँ घरमा पाइने खाद्य वस्तुको प्रयोगबाट पोषिलो खानेकुरा बनाउन सकिन्छ तर, कसरी बनाउने भन्ने ज्ञान सबैसँग नहुन सक्छ, पोषिलो खानेकुराको बारेमा उपभोक्तालाई सचेत बनाउन यस्तो मेला आयोजना गर्न थालेका हौं ।’

लमहीमा आउँदो फागुन ४, ५ र ६ गते खाद्य मेला संचालन हुने छ । सार्वजनिक बगैँचामा सञ्चालन हुने मेलामा ‘परम्परागत पोसिलो एवं स्थानीय खाद्य पदार्थको प्रवर्द्धन गराैँ, असल पोषणका लागि खाने वानीमा सुधार गरौं’ मुख्य नारा तय गगरिएको छ ।

उपभोक्ताले खाँदै आइरहेका स्थानीय स्तरमै उत्पादन भएका खाद्य वस्तु पोषणयुक्त भएकोले त्यस्ता खाद्य वस्तुको प्रवर्द्धन गर्ने उद्देश्य राखिएको छ ।

अल्प प्रचलनमा रहेका परम्परागत खाद्य वस्तुको महत्वको बारेमा जानकारी नहुँदा बाहिरबा आयात गरिएका प्रशोधन गरिएका खाद्यवस्तु उपभोग भैरहेको छ । यसले गर्दा उपभोक्तालाई आत्मनिर्भरता भन्दा परनिर्भरता बढाउँछ ।

मेलामा कम्तिमा ६० वटा स्टल रहन्छन् । दाङसहित रोल्पा, रुकुम लगायत अन्य जिल्लामा पाइने पोषिला खाद्य वस्तुहरु प्रदर्शनीमा राखिने छ । कोदो फापर, थारु संस्कृतिसँग जोडिएको ढिक्रि, घोँगी, नेवारी खाना, मगर समुदायको कल्चर झल्कने फुडहरु स्टलमा राखिने छ ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?