दरबारमार्गमा बलात्कृत युवती गायब

+
-

काठमाडौं– काठमाडौंको दरबारमार्गमा केही दिनअघि सामुहिक बलात्कारमा परेको भनिएकी युवती ‘गायब’ भएकी छिन्।

सुदूरपश्चिम घर भई हाल ललितपुरमा बस्दै आएकी ती युवती उपत्यकाबाहिर पुगेको र उनको मोबाइल पनि स्विच अफ रहेको प्रहरीले जनाएको छ।

दरबारमार्गस्थित होटल ल्यान्डमार्क होटलमा गत बिहीबार राति प्रेमीसहित पुगेकी ती युवतीले सोही रात अन्य तीन केटाले समेत आफूलाई बलात्कार गरेको भन्दै प्रहरीकहाँ पुगेकी थिइन्।

तर दरबारमार्ग प्रहरी वृतले जाहेरी समेत नलिएको आरोप लागेपछि उक्त घटनालाई गम्भीरतापूर्वक हेरिएको थियो। काठमाडौं प्रहरी परिसरले प्रहरी आर्थिक चलखेलमा मुछिएको हुन सक्ने आशंकामा एसपी रामदत्त जोशीको संयोजकत्वमा तीन सदस्यिय छानबिन टोली गठन गरेको थियो।

छानबिन टोलीका एक सदस्यले पीडित भनिएकी युवती उपत्यकाबाहिर रहेको र मोबाइल समेत स्विच अफ रहेका कारण अनुसन्धानमा समस्या भएको बताए।

‘युवती सम्पर्कमा नआई अनुसन्धान गर्न सम्भव छैन’, नाम उल्लेख नगर्ने शर्तमा छानबिन टोलीका एक सदस्यले भने। उजुरी दिन पुगेकी युवती कसरी सम्पर्कबिहीन भइन्, शंकास्पद बनेको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?