आजको मौसम : तराईमा हुस्सु, पूर्वी पहाडमा आंशिक बदली

+
-

काठमाडौं – पूर्व पहाडी क्षेत्रमा सोमबार दिनभर आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यसक्षेत्रमा अहिले पनि आंशिक बदली रहेको र दिनभर यस्तै रहने सम्भावना रहेको मौसमविद समिर श्रेष्ठले जानकारी दिए ।

यस्तै तराईका क्षेत्रमा बिहानैदेखि हुस्सु लागेको छ । दिनभर नै हुस्सु कायम रहने देखिएको उनले जानकारी दिए । पूर्वी पहाडी र तराईका क्षेत्र बाहेक अरु ठाउँको मौसम सफा रहेको र दिनभर नै सफा नै रहने मौसमविद श्रेष्ठले बताए ।

केही दिनदेखि न्युनतम तापक्रम केही कम भएको र बढ्न नथालेकाले बिहान बेलुका चिसो भएको उनको भनाई छ । सोमबार बिहान काठमाडौं उपत्यकाको न्युनतम तापक्रम २.४ डिग्री मापन गरिएको छ ।

अझै केही दिन न्युनतम तापक्रम यस्तै रहने भएकाले बिहान बेलुका चिसो नै हुनेछ । तर अधिकतम तापक्रम भने बिस्तारै बढ्न थालेकाले दिउँसोमा केही न्योनो बढ्दै गएको छ । तत्काल पानी पर्ने सम्भावना भने नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?