मलेसियामा चिकित्सा विद्यार्थी सम्मेलन जुलाइमा

मलेसियामा चिकित्सा विद्यार्थी सम्मेलन जुलाइमा
+
-

काठमाडौ- दक्षिण एशियामै पहिलो पटक भएको एशियाली चिकित्सा विद्यार्थी अन्तर्राष्ट्रिय सम्मेलन आगामी जुलाईमा मलेसियामा हुने निर्णय गर्दै सकिएको छ।

एशियन मेडिकल स्टुडेण्ट एशोशिएशन नेपालको आयोजनामा यही माघ ८ देखि १२ गतेसम्म मातृ तथा नवजात शिशु स्वास्थ्य’ विषयमा केन्द्रित सम्मेलनमा गर्भावस्थादेखि गरिने उपचार, चिकित्सकले ध्यान दिनुपर्ने पक्ष र मातृशिशु सुरक्षाका विषयमा छलफल भएको थियो।

मलेसियामा हुने सम्मेलन भने संक्रमणको जोखिमबारे केन्द्रित हुनेछ। सम्मेलनमा एशियाली मुलुकका चिकित्सा विषय अध्ययन गर्ने विद्यार्थीबीच आआफ्नो देशमा हुने अध्यापन विधि, सिकाइ प्रक्रियाबारे अन्तक्र्रिया, स्वास्थ्यसम्बन्धी विभिन्न समस्यामाथि छलफल गरी समाधानका उपाय, एकार्काको ज्ञान साटासाट तथा आठ अनुसन्धनात्मक कार्यपत्र र दृश्य सामग्री प्रस्तुत गरिएको थियो।

कार्यक्रम समापनमा त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका क्याम्पस प्रमुख प्रा डा प्रतापनारायण प्रसादले चिकित्सा विद्यार्थीले सम्मेलनबाट एकार्काको देशमा पाइरहेको ज्ञानको आदानप्रदान गर्ने राम्रो अवसर पाएको बताउनुभयो । एशोशिएशनकाअध्यक्ष डा सन्तोष उपाध्यायले वर्षको दुई पटक हुने यस प्रकारको सम्मेलन गर्ने नेपाल पहिलो एशियाली मुलुक भएकाले महत्वपूर्ण अवसर मिलेको बताए।

नेपाललगायत भारत, बंगलादेश, थाइल्याण्ड, जापान, सिंगापुरलगायत १६ राष्ट्रका चिकित्सा विषयका विद्यार्थीको सहभागिता रहेको सम्मेलनमा विश्व स्वास्थ्य संगठन नेपालकी डा मीरा थापा, बालरोग विशेषज्ञ डा रमेशकान्त अधिकारी र डा सुधा बस्नेत, स्त्रीरोग विशेषज्ञ डा पद्मराज पन्त र डा अर्चना अमात्य, रक्तरोग विशेषज्ञ डा विशेष पौडेल, अर्बुद रोग विशेषज्ञ डा विशाल ज्ञवालीलगायतले प्रशिक्षण दिएको थियो ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?