दाइले बहिनीको हत्या गरी शव बगरमा गाडेको अवस्थामा फेला

+
-

खोटाङ – खोलाको बगरमा गाडिएको अवस्थामा खोटाङमा एक बालिकाको शव भेटिएको छ ।

रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका नौमणि राईकी आठ वर्षीया छोरी लुमणिको शव चिम्चिमा खोलाको बगरमा गाडिएको अवस्थामा बुधबार राति भेटिएको हो ।

बुधबार दिउँसोदेखि हराएकी बालिकाको खोजी गर्ने क्रममा हत्या गरेर घर नजिकैको खोलाको बगरमा गाडिएको अवस्थामा शव फेला पारिएको स्थानीय बासिन्दाले बताएका छन् ।

हत्या आशंकामा प्रहरीले गाउँकै गौमणि राईका १६ वर्षीय छोरा जीउधन राईलाई पक्राउ गरेको छ । घटनाको विस्तृत जानकारी आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिए ।

“पक्राउ परेका जीउधनले आफैले बालिकाको हत्या गरेको स्वीकारेका छन्” उनले भने “के कारणले बालिकाको हत्या गरिएको हो भन्ने बारे अझै बुझ्न बाँकी छ ।”

स्थानीय बासिन्दाले भने जीउधनले बालिकाको बलात्कारपछि हत्या गरेर लुकाउनका लागि खोलाको बगरमा गाडेको हुनसक्ने अनुमान गरेका छन् । पक्राउ परेका जीउधन र मारिएकी लुमणि नाताले दाजु बहिनी हुन् । रासस

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?