चक्रे मिलनले अदालतबाट पाए सफाइ

+
-

काठमाडौं – विशेष अदालतले मिलन गुरुङ (चक्रे मिलन) लाई सम्पत्ति शुद्धीकरण मुद्दामा सफाइ दिएको छ ।

न्यायाधीशहरू रत्नबहादुर बागचन्द, चण्डीराज ढकाल र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलाशले बुधबार गुरुङलाई सफाइ दिएको अदालतका श्रेष्तेदार विनकुमार श्रेष्ठले जानकारी दिए ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका तर्फबाट सरकारी वकिलले वहस गरेर दुवै पक्षको सुनुवाइ सकिएपछि गुरुङलाई सफाइ दिने फैसला सुनाएको हो ।

अवैध रुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा सम्पत्ति शुद्धीकरण विभागले गुरुङसहित पाँच गुन्डा नाइकेको सम्पत्तिबारे अनुसन्धान गरी २०७० साल जेठ ५ गते सात करोड दुई लाखभन्दा बढी रकमको विगो राखी विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

गुरुङसहित दीपक मनाङे (राजीव गुरुङ), गणेश लामा, अभिषेक गिरी र पर्शुराम बस्नेतविरुद्ध एकै दिन अभियोगपत्र दायर भएको थियो । मनाङेले भने सम्पत्ति शुद्धीकरणमा यसअघि नै सफाइ पाइसकेका छन् । रासस

 

 

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?