देशभरको मौसम बदली, काठमाडौंसहितका ठाउँमा पानी पर्‍यो

+
-

काठमाडौं – देशभरिको मौसम बुधबार बिहानैदेखि बलदी रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।बिहान काठमाडौंसहित देशका धेरै ठाउँमा पानी परेको छ भने मौसम पनि बदली भएको छ ।

पश्चिमी वायुको प्रभावले मौसमी बदली भएको र अब एक दुई दिन हिउँदे वर्षा हुने सम्भावना रहेको मौसमविद विभूति पोख्रेलले जानकारी दिइन् ।

पश्चिमी वायुको प्रभावका कारण सुदूरपश्चिम र पश्चिमका क्षेत्रमा बुधबार तुलनात्मक रुपमा पानी बढी पर्ने देखिएको मौसमविद पोख्रेलले जानकारी दिइन् ।

डडेलधुरामा हिउँ परेको छ भने अछामसहितका जिल्लामा असिना र पानी परेको छ । यस्तै पोखरामा पनि पानी परेको छ । पश्चिमी वायु विस्तारै मध्य हुँदै पूर्व तिर जाने भएकाले बुधबार दिनभर देशभरको मौसम बदली हुनेछ ।

पूर्वी क्षेत्रमा पनि दिउँसो वा बेलुकादेखि पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बुधबार बेलुका काठमाडौंको तापक्रम केही घटे पनि हिउँदे पानी पर्न सुरु भएकाले अब दिन दिनै तापक्रम बढ्दै जाने अनुमान छ ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?