पुर्व डीअाइजी सिलवालविरुद्ध डिफ्युजन नाेटिस

+
-

 काठमान्डाै‌- प्रहरीकाे अन्तर्राष्टिय सन्जाल – इन्टरपाेलले नेपाल प्रहरीका पुर्व डीअाइजी नवराज सिलवालविरुद्ध डिफ्युजन नाेटिस जारी गरेकाे छ। अपराध पुष्टि हुनुअघि अभियुक्त फेला नपरे सम्बन्धित देशमा रहेकाे इन्टरपाेल शाखाकाे समन्वयमा इन्टरपाेलले डिफ्युजन नाेटिस जारी गर्दछ। त्यसका अघि प्रहरीले सम्बन्धित देशकाे इन्टरपाेल शाखालाइ डिफ्युजन नाेटिस वा रेड कर्नर नाेटिस जारी गर्न अनुराेध गर्दछ।

प्रहरी प्रमुख बन्नका लागि कार्य सम्पादन मूल्यांकन (कासमू) कीर्ते गरेको अभियोगमा सिलवालविरुद्ध छानबिन भइरहेकाे छ। तर प्रहरीले अनुसन्धान अगाडि बढाएपछि सिलवाल फरार छन्। सिलवाल बहालवाला प्रतिनिधी सभा सा‌सद पनि हुन्।

बहालवाला सासदविरुद्ध डिफ्युजन नाेटिस जारी भएकाे नेपालमा सम्भवत याे पहिलाे पटक हाे। याे नाेटिस जारी भएसँगै‌  सिलवाल अन्तर्राष्टियस्तरमै खाेजीमा रहने छन्।

महानगरीय प्रहरी परिसर काठमाडौंको आग्रहमा नेपाल प्रहरीले सिलवालको नाममा डिफ्युजन नोटिस जारी गरिएको हो ।  डिफ्युजन नोटिस जारी भएपछि उनलाई अब १९२ देशका प्रहरीले नै निगरानीमा राखेर फेला पारेमा नेपाल प्रहरीलाई खबर गर्न सक्छ ।

 

सम्बन्धित समाचारहरु…

पूर्वडीआइजी सिलवालले भने, प्रतिशोध साध्न मबिरुद्ध नाैटंकी हुँदैछ

सिलवाल प्रकरणमा प्रहरीबीच नै यस्तो खेल

पूर्वडिआइजी तथा सांसद सिलवाल ‘फरार होइनन्’

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?