दुइ सयबढी चेलिबेटीलाइ बेश्यालय पुर्‍याउने वडाध्यक्षलाइ धराैटी मागियाे

+
-

काठमान्डाै‌- चेलिबेटी बेचबिखनकाे अाराेपमा पक्राउ परेका नुवाकाेटका सुन बहादुर तामाङलाइ काठमान्डाै‌ जिल्ला अदालतले ५ लाख रुपैयाँ धराैटी मागेकाे छ।

गाउँका २ सय भन्दा धेरै चेलीलाई भारतका बेश्यालयमा लगेर बिक्रि गरेको आरोप लागेका तामाङ पछिल्लाे समय नुवाकाेटकाे दुप्चेश्वर वडा नम्बर १ का अध्यक्ष थिए।प्रहरीकाे केन्द्रिय अनुसन्धान ब्युराे-सीअाइबीले गरेकाे अनुसन्धान अनुसार उनले दिल्ली र मुम्बइमा बेश्यालय नै चलाएका थिए।

एक महिलासँग मिलेर उक्त ब्यवशाय सन्चालन गरेका तामाङले गाउँका २ सय भन्दा धेरै चेलीहरु त्यहाँ पुर्‍याएका थिए। बेश्यालयबाट भागेर आएका युवतीको जाहेरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको थियो।

मानब बेचबिखन तथा अाेसारप्रसार मुद्धामा तामा‌ङविरुद्ध १५ वर्ष सजाय माग गरिएकाे थियाे। तामाङ २०५१ सालदेखि नै मानव बेचबिखनमा संलग्न व्यक्ति हुन्। झापा हुँदै केही युवतीलाई भारत लैजाने क्रममा पक्राउ परेका उनिविरुद्ध मुद्दा दायर भएको थियो।

तर उनी फरार थिए। साेही मुद्दामा उनलाई अदालतले ६ वर्ष कैद सजाय सुनाइसकेको छ। नयाँ मुद्दामा अदालतले धरौटीमा छाड्ने आदेश दिएपनि उनी पुरानो मुद्दामा जेल बस्नुपर्ने छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?