६ नम्बर प्रदेश प्रमुखको कार्यालय स्थापना

६ नम्बर प्रदेश प्रमुखको कार्यालय स्थापना
+
-

सुर्खेत – प्रदेश नम्बर ६ को अस्थायी राजधानी सुर्खेतको वीरेन्द्रनगरमा प्रदेश प्रमुखको कार्यालय स्थापना भएको छ ।

क्षेत्रीय प्रशासन कार्यालयले शनिबार बेलुका क्षेत्रीय वन तालिम केन्द्रको भवनमा प्रदेश प्रमुखको कार्यालयको बोर्ड राखिएको हो ।

संघीय संरचना अनुसार यस प्रदेशका प्रदेश प्रमुखको कार्यालय र आवास क्षेत्र सोही कार्यालयमा हुने क्षेत्रीय प्रशासक सुरेश प्रधानले बताए ।

सरकारले अर्काे व्यवस्था नगरेसम्मका लागि प्रदेश प्रमुखले तालिम केन्द्रबाटै आफ्ना कामकारवाही अगाडि बढाउने छन् ।

६ नम्बर प्रदेशको अस्थायी राजधानी सुर्खेतमा प्रदेशसभा निर्वाचनबाट विजयी प्रदेश सदस्यको सपथका लागि सम्पूर्ण तयारी पूरा भएको बताइएको छ ।

क्षेत्रीय प्रशासक प्रधानका अनुसार आइतबार बिहान १० बजे प्रदेश प्रमुखले पदभार ग्रहण गरेपछि ११ बजे प्रदेश सांसदलाई सपथ खुवाउने कार्यक्रम रहेको छ ।

प्रदेश सांसदलाई जिल्ला समन्वय समितिको सभा हलमा सपथ खुवाइने तयारी रहेको उनले बताए । ६ नम्बर प्रदेशका दश जिल्लाबाट २४ जना प्रत्यक्ष र १६ जना समानुपातिक गरी ४० जना प्रदेशसभा सांसदले आइतबार प्रमाण पत्र पाउनेछन् ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?