दाङमा आन्दोलनको स्वरुपमा परिवर्तन, आमहड्ताल स्थगित

+
-

दाङ – दाङमा आन्दोलनको स्वरुप परिवर्तन हुने भएको छ । प्रदेश नम्बर पाँचको अस्थायी राजधानी बुटलवलमा तोकिएपछि चार दिन अघिदेखि यहाँ आमहड्ताल जारी थियो ।

शनिबार राति ११ बजेदेखि आमहड्ताल स्थगित हुने तर अन्य विरोधका कार्यक्रम भने जारी राख्ने संयुक्त संघर्ष समितिले जनाएको छ ।

‘सबै प्रकारका आन्दोलन र संघर्ष चलिरहन्छ तर आमहड्ताल भने स्थिगीत गर्ने तयारीमा छौं’ संयुक्त संघर्ष समितिका संयोजक टीकाराम खड्काले भने ‘हामी बैठकमै छौं, आमहड्ताल स्थगित भएको छ ।’

माघ २५ गते राष्ट्रियसभा सदस्यको निर्वाचन दाङमा हुँदैछ । सोही निर्वाचनलाई मध्यनजर गर्दै र सर्वसाधारण नागरिक मारमा परेको भन्दै आम हड्तालको कार्यक्रम स्थगित गर्ने दबाब चारैतिरबाट परेको थियो ।

विरोधसभा, कोणसभा, ज्ञापन पत्र बुझाउने, डेलिगेसन जाने जस्ता अन्य विरोधका कार्यक्रम भने यथावत रहने समितिले जनाएको छ । उद्योग वाणिज्य संघले सुरुमा नेतृत्व गरेको आन्दोलन पति राजनीतिक दललाई सुम्पिएको थियो ।

आन्दोलनको नेतृत्व गरेका दलहरुले अाम हड्ताल स्थगित गर्ने निर्णय गरेका हुन् । अब आइतबारदेखि बजार, कलकारखाना, शिक्षण संस्था, यातायात सबै सञ्चालनमा आउने छन् ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?