आबुधाबीमा खुला रक्तदान कार्यक्रम

आबुधाबीमा खुला रक्तदान कार्यक्रम
+
-

आबुधाबी-गैह्र आवासीय नेपाली संघ युएईले स्वास्थ्य महिनाको रुपमा जनवरीलाई मनाउने कार्यक्रम अनुसार जनवरी १९ को दिन आबुधाबीमा खुला रक्तदान कार्यक्रम सम्पन्‍न गरेको छ। करीब सयको संख्यामा दाताहरुले रक्तदान गरेको एनआरएनए युएईका उपाध्यक्ष निर्मल पोख्रेलले बताए।

उनका अनुसार रक्तदान कार्यक्रममा करिब ८० जना पुरुष र २० जना महिलाहरु सहभागी भएका थिए। त्यसमा स्थानीय बासिन्दाको पनि उल्लेख सहभागिता रहेको थियो।

एनआरएनए राष्ट्रिय समन्वय समितिको आयोजना तथा अबुधाबी क्षेत्रीय समिती र अबुधाबी नेसनल ब्लड बैंकसँगको सहकार्यमा सञ्‍चालित रक्तदान कार्यक्रममा एनआरएनए का पदाधिकारी, पत्रकारहरु र समाजसेवीहरुको पनि सहभागिता थियो ।

यसका साथै आगामी हप्ताको शुक्रबार विभिन्‍न पेशा र रोजगारका शिलशिलामा युएईमा रहेका नेपालीहरुको स्वास्थ समस्याहरुको पहिचान, निराकरण, परामर्श तथा सहजीकरण सुविधा निशुल्क रूपमा उपलब्ध गराउने उद्देश्यले एनआरएनएले ‘स्वास्थ महिना’को अवधारणा अनुसार जनवरी २६ मा निशुल्क स्वास्थ शिविर हुने कुरा उपाध्यक्ष निर्मल पोख्रेलले जानकारी गराएका छन्।

निशुल्क स्वास्थ्य शिविर अन्तर्गत युएईमा रहने सम्पूर्णले आफ्नो शारीरिक परीक्षण नि:शुल्क गर्न पाउने छन्।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?