सोलार प्रविधिले खोलाको पानी गाउँमा

सोलार प्रविधिले खोलाको पानी गाउँमा
+
-

गुल्मी-खोला किनारमा रहेको मुहानको पानी सोलार प्रविधिले डाँडोमा रहेको गाउँबस्तीमै पुर्‍याइदिएपछि गुल्मीको जिमी र नरम गाउँका स्थानीयलाई सुविधा पुगेको छ ।

गाउँमा पुगेको खानेपानी सुविधासँगै स्थानीयले तरकारी खेतीमा सिँचाइ गरेर आम्दानी गर्न सुरु गरेका छन्।

नजिकमा मुहानको अभावका कारण वर्षौंदेखि खानेपानीको समस्या भोग्दै आएका गुल्मी दरबार गाउँपालिका–४ वीरबासको जिमी र छत्रकोट गाउँपालिका–३ हर्दिनेटाको नरम गाउँका १६३ बढी घर परिवारलाई घरघरमै पानी पुगेको हो।

रिन्युएबल वर्डको आर्थिक एवं आइडिइ र सप्रोस नेपालको प्राविधिक सहयोग एवं नवप्रभात युवा संघको सामाजिक परिचालनमा गाउँमै खानेपानी पुर्‍याइएको हो। गाउँमा पुगेको खानेपानीलाई स्थानीयले मिटर प्रविधि जडान गरेर घरघरमै धारा निर्माण गरी वितरण गरेका छन्।

नजिक मुहान नभएकै कारण गाउँलेलाई घरघरमै मिटर जडान गरेर खानेपानीको सुविधा लिने र सिँचाइ गरेर तरकारीसमेत उत्पादन गर्ने कल्पनासम्म नभएको वीरबासको जिमीकी माया रेश्मीले बताए।

‘यसरी घरघरमै पानीको धारा आउला भन्‍ने त हामीलाई कुनै कल्पना पनि थिएन’, उनले भने, ‘अहिले घरमै पानी आएपछि घरको सरसफाइदेखि स्कुल जाने केटाकेटीलाई समेत निकै सजिलो भएको छ।’ यसअघि गाउँलेलाई एक गाग्री खानेपानी लिनकै लागि डेढ घण्टा टाढा पुग्नुपर्ने बाध्यता हटेको रेश्मीले बताए ।

वीरबासको बाहुन खोलाको पानी सोलार प्रविधिबाट ६१ मिटर उचाइमा दैनिक १० हजार लिटर पम्पिङमार्फत जिमी गाउँका १४ घरधुरीमा र १६ हजार लिटर पानी जिमीकै ७१ घरधुरीमा सामुदायिक धारामार्फत वितरण गरिएको छ।

त्यस्तै छत्रकोटको हर्दिनेटामा पनि चनौटी खोलाको पानी २०७ मिटर उचाइमा दैनिक ३० हजार ५३० लिटर पानी पम्पिङ ७८ घरधुरी र एक विद्यालयमा एक घर एक धारा प्रणालीमा ७८ घरधुरीमा वितरण गरिएको रिन्युएबल वर्डका क्षेत्रीय परियोजना अधिकृत गंगाप्रसाद आचार्यले बताए।

योजना व्यवस्थापनका लागि उपभोक्ता आफैँले समिति गठन गरेर योजना मर्मतका लागि प्रतिघर रु एक हजार र पानी खपत गरेका आधारमा थप रकम संकलन गर्ने गरी संरक्षण र व्यवस्थापन गर्दै आएका छन्। गाउँमा पानी पु¥याउन स्थानीय वडा, गाउँपालिका, परियोजना, स्थानीय जनश्रमदानसहित दुवै योजनामा झण्डै रु ९२ लाख खर्च भएको स्थानीय नवप्रभात युवा संघले जनाएको छ। रासस

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?