क्लब काण्डमा क्रिकेटर पृथु ४५ हजार धरौटीमा छुटे

क्लब काण्डमा क्रिकेटर पृथु ४५ हजार धरौटीमा छुटे
+
-

काठमाडौं– चर्चित अमेरिकी डिजे मार्समेलोको कार्यक्रमका नाममा ठगी गरेको आरोपमा पक्राउ परेका क्रिकेटर पृथु बास्कोटासहितका डेजाभु क्लबका पाँच सञ्चालक जनही ४५ हजार रुपैयाँ धरौटीमा छुटेका छन्।

केही साताअघि राजधानीको चर्चित नाइट क्लब डेजाभुमा मार्समेलोले आफ्नो प्रस्तुति दिने कार्यक्रम तय भए पनि उनी नआएपछि आक्रोशित दर्शकले मध्यरातमा तोडफोड गरेका थिए।

त्यसको भोलिपल्ट महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले डेजाभुका सन्चालक र मार्समेलो कार्यक्रम आयोजक रितेश मारवाडी र राजिव महर्जनलाई पक्राउ गरेको थियो। रितेश र राजिव जनही दुई लाख १५ हजार रुपैयाँ धरौटीमा छुटेका छन्।

काठमाडौं प्रहरी परिसरमा दर्ता भएको मुद्दामा उनीहरुमाथि करिब ३३ लाख रुपैयाँ ठगी गरिएको आरोप लागेको थियो। मार्समेलोले भने आफू विरामी भएका कारण कार्यक्रममा उपस्थित हुन नसकेको स्पष्टीकरण सामाजिक सन्जालमार्फत दिएका थिए।

 

यो पनि हेर्नुहोस्:

क्रिकेटर पृथुसहितलाई ठगीमा सात दिन म्याद थप

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?