भारत सन् २०१८ मा विश्वकै पाँचौ ठूलो अर्थतन्त्र बन्‍ने

भारत सन् २०१८ मा विश्वकै पाँचौ ठूलो अर्थतन्त्र बन्‍ने
+
-

नयाँ दिल्ली-भारतले बेलायत र फ्रान्सलाई पछि पार्दै सन् २०१८ विश्वकै पाँचौ ठूलो अर्थतन्त्र बन्‍ने मंगलबार सार्वजनिक एक प्रतिवेदनमा जनाइएको छ।

भारत अहिलेसम्म विश्‍वको सातौँ ठूलो अर्थतन्त्र रहेको भएपनि सन् २०१८ मा दुईस्थान माथि चढ्दै पाँचौँ स्थानमा पुग्‍न देखिएको लण्डनस्थित आर्थिक तथा व्यवसायिक अनुसन्धान केन्द्र (सेन्ट्रल फर इकोनोमिक्स एण्ड विजिनेस रिसर्च)द्वारा जारी बार्षिक प्रतिवेदनमा जनाइएको छ।

त्यसैगरी भारतले सन् २०३२ मा आफ्नो अर्थतन्त्रलाई विश्वकै तेस्रो स्थानमा पुर्‍याउने लक्ष्य लिएको पनि प्रतिवेदनमा उल्लेख छ।

भारतको नेतृत्वमा भारतीय जनता पार्टी र प्रधानमन्त्री नरेन्द्र मोदी निर्वाचित भएर आएपछिका तीन बर्षमा भारतीय अर्थतन्त्रले चालु आर्थिक बर्षको पहिलो त्रैमासिकमा तीन बर्षकै निम्न आर्थिक उपलव्धि हाँसिल गरेको छ।

प्रधानमन्त्री मोदीले करको प्रणालीमा व्यापक परिवर्तन गर्न भनी भारतीय ठूला दरका पूराना नोटमा प्रतिबन्ध लगाएपछि सो कमी आएको थियो।

आर्थिक विकास दरमा निर्णयपछिका तीन महिनामा ५.७ प्रतिशतमा खुम्चिएकोमा यसमा सामान्य सुधार आई सेप्टेम्बरमा ६.घ प्रतिशत पुगेको थियो।

अर्थतन्त्रमा आर्थिक बर्षको शुरुमा अस्थायी गिरावट देखिएपनि भारतको अर्थतन्त्रले फ्रान्स र बेलायतको अर्थतन्त्रलाई यसैबर्ष भेट्न सफल भएको र अर्काे बर्षको दुबै देशलाई उछिन्दै डलरको हिसाबमा विश्वको पाँचौ अर्थतन्त्रका रूपमा उदय हुने अनुसन्धान केन्द्रका उपाध्यक्ष डगलास म्याक विलियम्सले बताए।

सस्तो उर्जा र डिजिटल प्रणालीमा ल्याएको परिवर्तनले विश्व आर्थिक विकासलाई माथि उठाएको उहाँको दावी छ । विश्व अर्थतन्त्रमा चीन, भारत, जापान लगायतको एसियाली मुलुकको आर्थिक विकास छिट्टै हावी हुन लागेको केन्द्रको निष्कर्ष रहेको छ।

अहिलेसम्म विश्व अर्थतन्त्रमा संयुक्त राज्य अमेरिका सबैभन्दा अगाडी रहेपनि यसलाई चीनले सन् २०३० सम्ममा उछिन्ने रिपोर्टले पूवानुमान गरेको छ ।उक्तस्थानमा भारत पनि यस शताब्दीको दोस्रो भागको शुरुमा केही समय पुग्ने अनुमान रहेको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?