कुलभूषणलाई भेट्दा श्रीमतीलाई मंगलसूत्र र बिन्दी खाेल्न लगाइयो

+
-

पाकिस्तानमा मृत्युदण्डको सजाय सुनाइएका कुलभूषण यादवका आफन्तले आफूलाई तर्साइएको बताएका छन्।

कुलभूषणकी पत्नी र आमाले सोमवार जेलमा उनीसँग कुराकानी गरेका थिए।

सिसाको बार वारिपारिबाट इन्टरकम प्रयोग गरी उनीहरूलाई कुरा गर्न दिइएको थियो।

कुरा गर्नुपूर्व आमा र पत्नीलाई लुगा फेर्न लगाइएको थियो। उनीहरूले लगाएका मंगलसूत्र, बिन्दी र चूरा खोल्न आदेश दिइएको थियो।

कुरा गरेर निस्कँदा उनकी पत्नीलाई जुत्ता पनि फिर्ता नदिइएको भारतीय विदेश मन्त्रालयले जानकारी दिएको छ।

उनीहरूसँगै कुरा गर्दा पनि कुलभूषण पनि त्रसित देखिएको भारत सरकारको भनाइ छ। कुलभूषण निकै ख्याउटे र उदास देखिएका थिए।

जासुसी गरेको आरोपमा पाकिस्तानले सन् २०१६ मा यादवलाई पक्राउ गरेको थियो।

भारतको आग्रहमा उनलाई मृत्युदण्ड नदिई कारावासमा राखिएको छ।

उनको मृत्युदण्डलाई लिएर अन्तर्राष्ट्रिय अदालतमा मुद्दा चलिरहेको छ।

परिवारको निकै अनुरोधपछि पाक सरकारले यादवलाई पत्नी र आमासँग भेट्ने अनुमति दिएको थियो ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?