भारतीय सेनाद्वारा ‘सीमापार आक्रमण’

+
-

नयाँ दिल्ली- भारतीय सेनाले पाकिस्तानी सीमा पार गरी आक्रमण गरेको दाबी गरिएको छ।

केही दिनअघि पाकिस्तानी सेनाको फायरिङमा आफ्ना सैनिक मारिएपछि यस्तो आक्रमण गरिएको बताइएको छ। सोमबार भारतीय सेनाका १० जवान जम्मु कश्मीरको पुंछ क्षेत्रमा नियन्त्रण रेखा पार गरी तीनजना सैनिक मारिएको दाबी गरिएको छ।

गत शनिवार कश्मीरको रजौरी क्षेत्रमा पाक बोर्डर एक्सन टिमले नियोजित तरिकाले गरेको फायरिङमा भारतीय सेनाका एक मेजरसहित तीन जवानको मृत्यु भएको थियो।

त्यसकै बदला लिन यस्तो आक्रमण गरिएको भारतीय रक्षासूत्रले जानकारी दिएको छ। यो स्थानीय तहको सामरिक अपरेसन थियो।

त्यसको नेतृत्व स्थानीय तहमै भएको बताइएको छ। यो सर्जिकल स्ट्राइक नभएको भारतको कथन छ। यसमा सीधै विशिष्ट पाकिस्तानी सेनाको चौकीलाई निशाना बनाइएको थियो। उक्त अपरेसनमा भारततर्फ कुनै क्षति भएको छैन। सेनाले यो कारबाहीको विस्तृत विवरण सार्वजनिक गरेको छैन। शनिबार पाक सेनाले नियन्त्रण रेखाभन्दा ४ सय मिटर भित्र पसेर आक्रमण गरेको थियो ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?