अन्तरिक्ष कार्यक्रमको नाममा परमाणु परीक्षण गर्दै उत्तर कोरिया

अन्तरिक्ष कार्यक्रमको नाममा परमाणु परीक्षण गर्दै उत्तर कोरिया
+
-

सोल– उत्तर कोरियाले क्षेप्यास्त्र प्रक्षेपणको तयारी गरिरहेको छ। अन्तरिक्ष कार्यक्रमको बहानामा उसले परमाणु परीक्षण गर्ने तयारी गरेको बताइएको छ।

परमाणु र क्षेप्यास्त्र परीक्षणको विषयलाई लिएर संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथि प्रतिबन्ध लगाइरहेको छ।

उत्तरले हाल उपग्रह, ब्यालिस्टिक क्षेप्यास्त्रको प्रविधि प्रयोग गरेर कुनै पनि प्रक्षेपण गर्न पाउँदैन।

दैनिक समाचारपत्र जुङ्गाङ इलबोले दक्षिण कोरियाको सरकारी अधिकारीलाई उद्दृत गर्दै भनेको छ, ‘विभिन्‍न माध्यमबाट हामीले थाहा पाएका छौं, उत्तर कोरियाले नयाँ उपग्रह निर्माण गरेको छ।’

यसलाई क्वाङम्योङसोङ–५ नाम दिइएको छ। उत्तरले क्यामरा र दूरसञ्चार यन्त्रसहितको उपग्रह अन्तरिक्ष कक्षमा राख्दै छ।

उत्तर कोरियाले सन् २०१ को फेब्रुअरीमा क्वाङम्योङसोङ–४ उपग्रह प्रक्षेपण गरेको थियो। अन्तर्राष्ट्रिय समुदायले यसलाई उपग्रह भनिए पनि ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण भएको बताउँदै आएका छन् ।

दक्षिण कोरियाली सेनाका प्रमुख प्रवक्ताले भने, ‘हामीले उपग्रह प्रक्षेपणको बहानामा प्रक्षेपण गरिने लामो दूरीको क्षेप्यास्त्र परीक्षणलगायतका उत्तर कोरियाका कामको निरीक्षण गरिरहेका छौं।’

उत्तर कोरियाली सत्तारूढ दल समर्थित सञ्‍चारमाध्यमले उपग्रह प्रक्षेपण गर्ने र अन्तरिक्ष प्रविधि विकास गर्ने अधिकार कसैले रोक्न नसक्ने उल्लेख गरेका छन्।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?