पोखरालाई हराउँदैं भैरहवा दोस्रो चरणमा

पोखरालाई हराउँदैं भैरहवा दोस्रो चरणमा
+
-

काठमाडौं- पोखरा राइनोजलाई सात विकेटले पराजित गर्दै भैरहवा ग्लाडियटर्स एभरेस्ट प्रिमियर लिग (ईपिएल) क्रिकेटको दोस्रो चरण पुगेको छ । हारपछि पनि पोखराको अगाडि बढ्ने सम्भावना कायमै छ ।

टस जितेर ब्याटिङ थालेको पोखराले मध्यक्रमबाट गतिलो साथ पाउन सकेन र १८.३ ओभरमा एक सय आठ रनमा अलआउट भयो । पोखराका इस्रारुल्लाहले ४१, सुनिल धमलाले १५ र आसिफ अलीले १० रन बनाए। नुरध्वन सेन सात, कप्तान विनोद भन्डारी शुन्य, राजेश पुलामी मगर शुन्य र सौरभ खनाल नौ रनमा आउट भए । ४७ रन जोड्दा एक विकेट गुमाएको पोखरा एकाएक दबाबमा आएको थियो। भैरहवाका बलर शरद भेषावकर र कृष्ण कार्कीले दुई दुई विकेट लिए। आरिफ शेख, पुनित मिश्रा, हरिशंकर शाह र प्रथम सालुन्केले एक एक विकेट हात पारे। यस खेलको विजेता दोस्रो चरण पुग्ने छ।

भैरहवाले १७.४ ओभरमा तीन विकेट गुमाएर लक्ष्य पुरा गर्याे। भैरहवाका आरिफ शेखले अविजित ४८ र शरद भेषावकरले अविजित ३२ रन बनाए। प्रथम सालुन्केले २५ रन जोडे। भैरहवा चार खेलबाट ६ अंक जोडेर दोस्रो स्थानमा छ । चार खेलबाट चार अंक भएको पोखरा तेस्रो स्थानमा छ।
त्यसअघि सोमबार नै भएको पहिलो खेलमा काठमाडौं किंग्स इलेभेनलाई आठ रनले पराजित गर्दै विराटनगर राउन्ड रोबिनमा अपराजित रहँदैं दोस्रो चरण पुगेको छ।

त्रिवि क्रिकेट मैदानमा सोमबार भएको खेलमा काठमाडौं किंग्स इलेभेनलाई रनले पराजित गरेको विराटनगर राउन्ड रोबिनको शिर्षस्थानमा रहने निश्चित पनि गरेको छ ।
विराटनगरले फाइनल प्रवेशका लागि दोस्रो स्थानमा रहने टोलीसँग प्रतिस्पर्धा गर्ने छ । उक्त खेलमा पराजित हुने टोलीले फाइनल पुग्ने प्रतिस्पर्धा गर्न अर्को एउटा अवसर पनि पाउने छ । हारसँगैं काठमाडौं पहिलो चरणबाटै बाहिरिएको छ ।
पहिला ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ४७ रन जोडेको थियो। विराटनगरका बाबर हायातले ६७, अंशुमान रठले ३२ र कप्तान पारस खड्काले २६ रन बनाए । बाबरले ५० बलमा चार छक्का र पाँच चौका हिर्काए । प्रतियोगितामा यो उनको दोस्रो अर्धसतक हो ।

काठमाडौले निर्धारित २० ओभरमा विकेट गुमाएर रन जोड्यो । काठमाडौंका लागि कप्तान फार्बिज माहरुफले ४२, नरेश बुढाएरले ३० र सागर पुनले १३ रन बनाए । २५ रन जोड्दा दुई विकेट गुमाएको काठमाडौंले तेस्रो विकेटका लागि ६० रनको साझेदारी गरेको थियो। विराटनगरका बलर अंशुमानले तीन तथा करन केसी, पारस खड्का र बसन्त रेग्मीले एक एक विकेट हात पारे।विराटनगरले पाँच खेलबाट १० अंक जोड्यो । काठमाडौले पाँच खेलबाट दुई अंक जोडेको छ ।
प्रतियोगिताअन्तर्गत मंगलबार हुने खेलमा चितवन र पोखरा तथा ललितपुर र भैरहवाबीच प्रतिस्पर्धाृ हुनेछ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?