लालु यादव: कैदी नम्बर ३३५१

लालु यादव: कैदी नम्बर ३३५१
+
-

बिहारका पूर्वमुख्यमन्त्री लालुप्रसाद यादव हाल जेलमा छन्। चारा घोटाला काण्डमा उनले भ्रष्टाचार गरेको भेटिएपछि उनलाई सीबीआई विशेष अदालतले चेल चलान गर्न आदेश दिएको हो। उनलाई बिरसा मुण्डा जेलमा राखिएको छ।

चारा काण्डमा जेल परेका राष्ट्रिय जनता दल (राजद) अध्यक्ष लालुप्रसाद यादवलाई पत्रिका र टेलिभिजन सेटको सुविधा दिइएको छ। पत्रिका उनले चाहेअनुसार पाउँछन्। टेलिभिजन च्यानलमा भने उनलाई खुला छैन, उनको टिभी सेटमा सरकारी च्यानल दूरदर्शन मात्र चल्छ।

बिरसा मुण्डा जेलका प्रमुख अशोककुमार चौधरीले जेल नियमावलीअनुसार बिहारका पूर्वमुख्यमन्त्रीले बिदाका दिनबाहेक बिहान ८ बजे र मध्याह्न १२ बजे मानिससँग भेटघाट गर्न पाउँछन्। लालुको सन् २०१४ मा मुटुको अपरेशन गरिएको थियो। यसैले उनको खानपान निकै सन्तुलित बनाइएको छ। लालुलाई जेलकै खाना दिइएको थियो।

राजदका नेताहरूले भने लालुलाई घरकै खाना खान दिनुपर्ने माग गर्दै आएका छन्। लालुलाई जेलको अपर डिभिजन वार्डमा राखिएको छ। निकै ठूलो आलिशान बंगला भए पनि उनलाई १०/१२ को कोठामा राखिएको छ। कोठामा शौचालयको सुविधा पनि छ।

उनलाई सुत्न चौकी र गद्दा दिइएको छ। तकिया, तन्ना र झुलको सुविधा पनि पाएका छन्। पूर्व मुख्यमन्त्री भएकाले कोठामा एउटा टेबुल र कुर्सी पनि दिइएको छ। जनवरी ३ तारिखमा अदालतको फैसला आएपछि उनले जेलका कपडा पनि पाउनेछन्। यो जेल उनका लागि नयाँ भने होइन  यसअघि उनी चारा घोटाला काण्डमा ३० सेप्टेम्बर २०१३ मा यहाँ बसिसकेका छन्। त्यतिखेर उनको कैदी नम्बर ३३१२ थियो।

यो पनि हेर्नुहोस्:

बिहारका पूर्वमुख्यमन्त्री लालु यादव भ्रष्टाचार प्रकरणमा जेल (भिडियोसहित)

 

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?