र्इपिएलमा नेपाली खेलाडीमाथि विदेशी हाबी

र्इपिएलमा नेपाली खेलाडीमाथि  विदेशी  हाबी
+
-

काठमाडाैँ- एभरेस्ट प्रिमियर लिग(ईपिएल) क्रिकेटमा राउन्ड राेबिन लिगकाे अाधा चरणका खेल सँकिदासम्म विदेशी खेलाडीकाे प्रदर्शन  निर्णायक देखिएकाे छ। प्रतियाेगिताकाे सर्वाधिक रन  बनाउने ब्याट्सम्यान र सर्वाधिक विकेट लिने बलरकाे सूचीमा विदेशी खेलाडी अगाडि छन्।

सर्वाधिक विकेट लिने ब्याट्सम्यानकाे सूचीमा पाेखरा राइनाेजका इस्रारुल्लाह सात विकेटसहित पहिलाे, चितवन टाइगर्सका प्रविन गुप्ता छ विकेटसहित दाेस्राे र भैरहवा ग्लाडियटर्सका दिपेन श्रेष्ठ छ विकेटसहित तेस्राे स्थानमा छन्। विराटनगर वारियर्सका बसन्त रेग्मी र सुबाेथ भाटीले समान छ विकेट लिएका छन्। इस्रारुल्लाह पाकिस्तानी खेलाडी हुन् भने सुबाेथ र प्रविन दुवै भारतीय हुन्।

यसैगरी सर्वाधिक रन बनाउने ब्याट्सम्यानकाे सूचीमा विराटनगर वारियर्सका बाबर हायात एक सय ३७ रनसहित शीर्षस्थानमा छन्। दाेस्राे स्थानमा रहेका पाेखराका इस्रारुल्लाहकाे एक सय २७ रन छ। पाेखरा राइनाेजका अ‌शुमान रठले एक सय १५ रनसहित तेस्राे स्थानमा छन्।

चाैथाेस्थानमा रहेका काठमाडाै‌ँ  किङ्स इलेभेनका दीपेन श्रेष्ठले ९४ रन बनाएका छन्। इस्रारुल्लाह पाकिस्तानी हुन् भने अशुमान र बाबर दुवै हङकङका हुन्। बाबर भने पाकिस्तानी मूलका हुन्।

प्रतियाेगितामा कुल ६ अर्धशतक बनेका छन् जसमध्ये पाँच वटा विदेशी खेलाडीकाे नाममा छ। नेपालका पवन सर्राफले मात्र अर्धशतक बनाएका छन्। उनले भैरहवा ग्लाडियटर्सविरुद्ध ५१ रन बनाएका थिए। प्रतियाेगितामा नाै खेल सम्पन्न हुँदा छ खेलमा विदेशी खेलाडी प्लेयर अफ दी म्याच घाेषित भएका छन् । यसमध्ये पाकिस्तानी इस्रारुल्लाहले दुइ खेलमा उक्त सफलता हात पारेका छन् ।

के छ राष्टिय टाेलीका सदस्यकाे स्थिति

प्रतियाेगितामा नेपाली राष्टिय टाेलीका सदस्यकाे प्रदर्शन उल्लेखनीय छैन। कप्तान पारस खड्काले तीन खेलमा ६५ र उपकप्तान ज्ञानेन्द्र मल्लले ६३ रन बनाएका छन्। दीपेन्द्रसिह एेरी र सागर पुनले समान ६० रन बनाएका छन्। दुई खेलपछि अारिफ शेखले ५० र शरद भेषावकरले ४५ रन बनाएका छन्।

बलिङमा तीन खेलपछि पारस खड्का र शक्ति गाैचनले चारचार विकेट हात पारेका छन्। शरद भेषावकरले दुइ खेलपछि, सागर पुनले चार खेलपछि र सन्दिप लामिछानेले तीन खेलपछि समान तीनतीन विकेट लिएका छन्।

यो पनि हेर्नुहोस्:

ईपिएलमा विराटनगरको दबदबा

दुई खेलपछि काठमाडौंलाई अंक

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?