उत्तर कोरियाबारे सुरक्षा परिषद्‌मा मतदान

+
-

संयुक्त राष्ट्रसंघ- संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्‌मा उत्तर कोरियाबारे शुक्रबार मतदान हुँदै छ। अमेरिकाद्वारा प्रस्तावित मस्यौदामा मतदान हुने जानकारी दिइएको छ।

उत्तर कोरियाको क्षेप्यास्त्र एवं परमाणु कार्यक्रमका निम्ति अावश्यक महत्वपूर्ण पेट्रोलियम पदार्थको आपूर्तिमाथि थप कडा प्रतिबन्ध लगाउने अमेरिकाले जानकारी दिएको छ।

गत नोभेम्बर २८ तारिखमा उत्तर कोरियाले अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र (आईसीबीएम) प्रक्षेपण गरेको प्रतिक्रियामा अमेरिकाले उसमाथि प्रतिबन्ध थप्ने बताएको थियो। यसका लागि अमेरिकाले प्योङयाङमा कडा प्रतिबन्ध लगाउन उसको सबैभन्दा विश्वासिलो मित्र चीनसँग वार्ता गरिरहेको छ। मतदान स्थानीय समयानुसार दिउँसाे १ बजे हुनेछ। उक्त मस्यौदामा उत्तर कोरियामाथि कच्चा एवं परिष्कृत पेट्रोलियम पदार्थ वितरणसम्बन्धी कठोर व्यवस्था गरिएको छ।

यो प्रस्ताव पारित भएपछि उत्तर कोरियाले पाउँदै आएको करिब ९० प्रतिशत पेट्रोलियम पदार्थको आपूर्ति बन्द हुनेछ र विदेशमा काम गरिरहेका सबै उत्तर कोरियाली नागरिक एक वर्षभित्र स्वदेश फिर्ता भइसक्नुपर्नेछ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिनादेखि चिनियाँ राष्ट्रपति सी चिनफिङसँग उत्तर कोरियालाई प्रदान गर्दै अाएकाे पेट्रोलियम पदार्थ रोक्न आग्रह गरेका थिए। यसबाट उत्तर कोरियाली अर्थतन्त्र असफल बनाउन सकिने अमेरिकी विश्वास छ। (एजेन्सी)

यो पनि हेर्नुहोस्:

उत्तर कोरिया वार्तामा आए राष्ट्रसंघले सघाउने

अमेरिका विनासर्त उत्तरकोरियासँग वार्तामा बस्‍न तयार

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?