ईपिएलमा विराटनगरको दबदबा

+
-

काठमाडौ‌ँ– एभरेस्ट प्रिमियर लिग (ईपिएल) क्रिकेटमा शुक्रबार चितवन टाइगर्सलाई ७१ रनले पराजित गर्दै विराटनगर वारियर्सले लगातार तेस्रो जित हात पारेको छ। प्रतियोगितामा अपराजित रहेको विराटनगर चितवनविरुद्ध ब्याटिङ र बलिङ दुवैमा हाबी भयो। पहिला ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ७४ रन जोडेको थियो।

विराटनगरको पालीमा हङकङका बाबर हायातले विस्फोटक ब्याटिङ गर्दै ८१ रन बनाए। अंशुमान रठले ४१, आसिफ शेखले २१ र पारस खड्काले १६ रनको योगदान गरे। पाकिस्तानी मुलका हङकङ राष्ट्रिय टोलीका सदस्य हायातले ४२ बलमा ६ छक्का र पाँच चौका हिर्काएका थिए। चितवनले १८.२ ओभरमा सबै विकेट गुमाएर एक सय तीन रनमात्र जोड्न सक्यो।

विराटनगरका बलर बसन्त रेग्मीले चार र अबिनाश कर्णले दुई विकेट हात पारे। करण केसी,अंशुमान र पुष्प थापाले एक एक विकेट लिए। चितवनका भिम सार्कीले २४, सन्दिप सुनारले १६ तथा कमल ऐरी र प्रविन गुप्ताले १३/१३ रन बनाए । स्पिनर बसन्तले ३.२ ओभरमा केवल ११ रन खर्चिएका थिए।

पाकिस्तानी मुलका हायात प्लेयर अफ दी म्याच घोषित भए। पारस खड्काको कप्तानीमा रहेको विराटनगर तीन खेलबाट ६ अंक जोडेर शिर्षस्थानमा छ। दिपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको चितवनले तीन खेल खेलिसके पनि खाता खोल्न सकेको छैन । दुई खेलबाट चार अंक भएको भैरहवा ग्लाडियटर्स दोस्रो स्थानमा छ। तीन खेलपछि पोखरा राइनोज चार अंक जोडेर तेस्रो स्थानमा छ। चार खेल खेलेको काठमाडौं र तीन खेल खेलेको ललितपुर प्याट्रियट्सको समान दुई अंक छ।

यो पनि हेर्नुहोस्:

पारसको टीम विराटनगर वारियर्स विजयी

विराटनगर वारियर्सलाई मेडिसिटीको प्रशिक्षण

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?