इपिएल क्रिकेट पोखरा राइनोज विजयी

इपिएल क्रिकेट पोखरा राइनोज विजयी
+
-

काठमाडौँ- एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा पोखरा राइनोजले काठमाडौँ किङ्स इलेभेनलाई पराजित गर्दै विजयी भएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा पोखराले काठमाडौँलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित हात पारेको हो।

यसअघि भएको खेलमा पोखराले चितवन टाइगर्सलाई पराजित भएको थियो ।

यस खेलसँगै चार खेल खेलेको काठमाडौँले एक खेलमा जित तथा तीन खेलमा हार व्यहोरेको छ।

बिहीबार भएको खेलमा काठमाडौँले चितवन टाइगर्सलाई ३ विकेटले पराजित गरेको थियो भने पहिलो खेलमा ललितपुर र दोस्रो खेलमा भैरहवासँग पराजित भएको थियो। यस हारसँगै काठमाडौँको प्ले अफमा पुग्ने सम्भावना न्यून भएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौँले पोखरालाई ९९ रनको लक्ष्य दिएको थियो । जसमा पोखराले १८.२ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । काठमाडौँ निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ९८ रनमा समेटियो ।

पोखराको जितमा इसरारुलाहले सर्वाधिक ४५ रनको योगदान दिए। त्यसैगरी सुनिल धमला २०, कप्तान शक्ति गौचन १८, राजेश पुलामी ८ तथा विनोद भण्डारीले ४ रन जोडे । काठमाडौँका लागि सागर पुनले दुई विकेट लिए भने विक्रम भुसालले एक विकेट लिए ।

यता काठमाडौँका लागि भने सुरुवाती ब्याट्सम्यान सागर पुनले सर्वाधिक ३६ रनको योगदान दिए भने राजु रिजालले १७ तथा सोमपाल कामीले १० रन जोड्नुबाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन् ।

पोखराका कप्तान शक्ति गौचन, विक्रम सोव र सुसन भारीले समान दुई/दुई विकेट लिए भने ताज वाली र इसरारुलाहले समान एक/एक विकेट लिएका थिए।

यो पनि हेर्नुहोस्:

काठमाडौं किङ्स ८९ रनमा सीमित

पारसको टोलीको बलियो ब्याटिङ

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?