बी थटीन संगम कपको फाइनलमा

बी थटीन संगम कपको फाइनलमा
+
-

पोखरा- पोखरामा जारी छैटौ संस्करणको संगम कप फुटबल प्रतियोगिता २०७४ को फाइनलमा बाजापाटन (बी) थटीन प्रबेश गरेको छ।

पोखरा रंगशालामा विहीबारको भएको पहिलो सेमिफाइनल खेलमा गार्डेन क्लबलाई बी थटीनले टाईब्रेकरमा २–१ को गोल अन्तरले पराजित गर्दै फाईनलमा प्रवेश गरेको हो।

७० मिनेटको निर्धारित समयमा दुबै तर्फ २/२ गोल भएको थियो। थपिएको अतिरिक्त २० मिनेटमा पनि दुबै तर्फ गोल हुन नसकेपछि निर्णायकको लागि खेल टाइब्रेकरमा पुगेको हो। बी थटीनको जितमा टाइब्रेकरमा विदेशी मूलका खेलाडी चिब्रा र दिलीप क्षेत्रीले गोल गरेका हुन्। गोलकिपर रहेका क्षेत्री खेलमा म्यान अफ दी म्याच समेत घोषित भए।

बी थटीनका विश्वास श्रेष्ठले प्रहार गरेको पेनाल्टी सुट विपक्षी गोलरक्षक विशाल श्रेष्ठ बचाउ गरे, नवराज गुरुङले हानेको पेनाल्टी सुट पोष्ट माथिबाट बाहिरिएको थियो। टाइब्रेकरमा गार्डेनका विनोद गुरुङले गोल गरे भने धुर्व घिमिरे, अजय श्रेष्ठ, सन्त गुरुङ, दिवस उदयले गोल गर्न चुकेसँगै गार्डेन प्रतियोगिताबाट बाहिरिएको हो।

बी थटीनका विश्वास श्रेष्ठले खेलको २८ र गोविन्द केसीले खेलको ३५ औं मिनेटमा एक एक गोल गरेका हुन्। गार्डेनका दिवस उदयले खेलको ६२ औं मिनेटमा एक गोल गरे भने बी थटीनका अजय गुरुङले गार्डेनलाई एक उपहार गोल दिए । अजयले डिफेन्स लाईनबाट बल बचाउन खोज्दा आफ्नै पोष्टमा खेलको ६९ औं मिनेटमा गोल हुन पुगेको थियो ।

सहारा क्लव र एलजी एशोसियसनबीच विहीबार भएको दोस्रो सेमिफाइनल खेल स्थगित भएको छ। निर्धारित समय र थपिएको २० मिनेटमा दुबै तर्फ गोल हुन नसके पछि टाईब्रेकरमा धकेलिएको खेलको क्रममा दुबै तर्फ २/२ गोल भए पछि बेलुका प्रकाश नपुगेर अँध्यारो भएकोले खेल स्थगित हुन पुगेको हो। उक्त खेल बिहान पुनः ८ः३० बजेदेखि सञ्चालन हुने भएको आयोजकले जनाएको छ ।

यो पनि हेर्नुहोस्:

संगम कप फुटबलमा एपिएफको जित

संगम कप फुटबलमा बिहीबार सेमिफाइनल

 

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?